bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या

pokhariya Holi Notice

उद​य​ तिवारी, रौत​ह​ट​।

रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो ।

चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

आज बिहान ६ बजे स्थानीयको खबर अनुसार जिंगडिया गाउँ भन्दा करिब ३ सय मिटर पर चौरमा शव बरामद भएको छ ।

प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए ।

अहिले घटनास्थल प्रहरीले सुरक्षित बनाएर अनुसन्धानको लागि तालीम प्राप्त कुकुर मगाईँदैछ डिएसपी महतोले बताए ।

घटनास्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको घाँटी रेटेर हत्या गरेको हुनसक्ने डिएसपी ज्ञानकुमार महतोले आशंका व्यक्त गरेका छन् ।

घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने डिएसपी महतोले जानकारी दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer