bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वडाध्यक्ष यादव माथि दुव्र्यवहार एवं हातपातको प्रयास, दोषी उपर कारवाहीको माग

pokhariya Holi Notice

बीरगंज, पर्सा ।

वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादवले आफु र वडा सदस्यहरु माथि सर्वदलिय समिति भनाउदाहरुले दुव्र्यवहार एवं गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

वडा नं. १७ छुट्टै सर्वदलिय समिति गठन गरेर आ—आफनो मनोमानी तरिकाले राहत वितण गरी विवाद गर्न खोजिएको आज वडा समितिमै पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आरोप लगाएकी छिन् ।

वडा समितिलाई नसमेटेर आ—आफनो मनोमानी तरिकाले सर्वदलिय समितिले अलौंको पानीटंकी टोलमा वितरण गरेको राहतमा कुहिएको चामल भेटिएपछि स्थानियले वडा समितिमा आएर गुनासो गरेका थिए ।

जनताको गुनासो सुनेर राहत वितरण गरिएको प्रहरी सहितको टोलमा सोधपुछ गर्न जाँदा अनावश्यक विवाद गर्दै आफूमाथि सर्वदलिय समितिका सदस्यहरुले गाली गलौज गर्दै दुव्यर्वहार गरेको अध्यक्ष यादवले आरोप लगाईन ।

विवाद भएपछि राहत वितरणमा भेटिएको कुहिएको चामल प्रहरीले परिक्षणको लागि लगेको छ । सरकारले नै एकद्धार प्रमाणलीबाट राहत वितरण गर्नुपर्ने निति नै लागु गरेको छ ।

तर यहाँका आफूलाई अगुवा बताउँने केहि पार्टीका नेताहरुले आफनो राजनितिक वर्चस्व बनाउनको लागि राहत वितरणमा मनोमानी गर्न खोजेको उनले बताईन । वडा समितिले हाल सम्म करिब ८ सय जना गरिब, अतिविपन्न परिवारलाई निश्पक्ष रुपमा राहत वितरण गरेको जनाइएको छ।

सर्वदलिय समितिमा रहेको संजु क्षतकुली, कृष्णदेव यादव, कनवर मंसुरी, हरीनायाराण प्रसाद यादव, प्रदीप साह र हरेन्द्र यादव लगायतले गाली गलौज गर्दै आफूमाथि हातपातको प्रयास समेत गरेको हुनाले यिनिहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको माग समेत वडा समिति कार्यालयले गरेको छ ।

आफु र वडा सदस्यहरुमाथि दुव्र्यवहार एवं गालीगलौज गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न सोमवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी समेत गरेको वडा अध्यक्ष यादवले बताईन ।

सो पत्रकार सम्मेलनमा वडा सदस्य ताहिर हुसैन, भागमती देवी राम, वडा अध्यक्षका पति विरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer