bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

विराटनगर लकडाउन , सिमानामा प्रहरीको दादागिरी

विराटनगर लकडाउन , सिमानामा प्रहरीको दादागिरी

pokhariya Holi Notice

विराटनगर : कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले मङगलबारदेखि लकडाउनको घोषणा गरेपनि आम सर्वसाधारणले यसलाई गम्भीरतापुर्वक लिएको देखिएन् ।

महानगरको घोषणा विपरित बाटो र बजार क्षेत्रमा आम सर्वसाधारणहरुको चहलपहल जारी नै रहेकोछ । महानगरपालिकाले चैत्र ११ देखि चैत २१ गते बिहान ६ बजेसम्मको लागि लकडाउन घोषणा गरेको थियो । महानगरले मङ्गलबारदेखि विराटनगरमा उद्योग, कलकारखाना, पसल र निजी सवारीसाधन सञ्चालन गर्न नपाईने तथा औषधी, उपचार, दुध, खानेपानी, सागसब्जी, सरसफाई र खाद्यान्न लगायतका पसलहरु भने बन्द नगरिने निर्णय गरेको थियो । यद्यपि विराटगरका कतिपय पसलहरुमा आम सर्वसाधारणहरुको भीडभाड र सडकमा चहलपहल रोकिएको छैन । अधिकांश पसलहरु बन्द छन भने आंशिक रुपमा केही पसलहरु अभैm पनि खुल्ला नै रहेको छ ।

प्रशासनले कडाइ नगर्दा पहिलो दिनको लकडाउन प्रभावकारी हुन सकेन । अत्यावश्यक सेवाका क्षेत्रहरु बाहेक अन्य सानातिना व्यापार व्यावसाय भने सञ्चालन भईरहेका छन । यद्यपि हाल विराटनगरमा भने अस्पताल, बैङक र पेट्रोल पम्पहरु भने सञ्चालनमा रहेका छन ।

सडकमा फाटफुट रुपमा चारचक्के सवारीसाधन सञ्चालनमा रहेकोमा मोटरसाईकल लगायतका दुई चक्के सवारी साधन भने निर्वाध चलिरहेको पाइएको छ । यद्यपि यसको नियन्त्रण भने हुन सकेको छैन । यति मात्र हैन अति आवश्यक पर्दा मात्र घरबाट निस्कन र अरुबेला घरमै बस्न सरकारले गरेको उर्दी पनि नगरबासीले पालना गरेका छैनन् । विराटनगर महानगरको चौक चौकमा र विभिन्न सडकहरुमा मानिसहरू बिना मास्क खुल्लमखुल्ला हिँडडुल गरिरहेका छन ।

यसका साथै झुण्डझुण्डमा भेला भएर गफ समेत हाँकिरहेको सजिलै भेटन सकिन्छ । यता लकडाउन उल्लङघन भएको पाइएपछि प्रहरीले विराटनगर महानगरको गुद्री बजार बन्द गराएको छ । बाक्लो आवतजावत हुने गुद्री बजारका व्यपारीहरूले सरकारी निर्देशन पालना गर्न अटेरपछि प्रहरीले बिहान ११ बजे बलप्रयोग गरेर गुद्री बजार बन्द गराएको हो ।

सरकारले लागु गराएको लकडाउन उल्लङघन गर्नेलाई एक महिनासम्म कैद सजायको व्यवस्था छ । संक्रमण रोग ऐन २०२० को दफा २ अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा खलल पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम १ महिनासम्म कैद वा १ सय रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

तर यता भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने कतिपय व्यक्तीलाई भने लकडाउन र बोर्डर सिल गरिएको बारे जानकारी नरहेको पाइएको छ । बथनाहा घर भएका एकजना युवकले नाम नखुलाउने शर्तमा आफुलाई बोर्डर सिलबारे कुनै जानकारी नरहेको बताए । सो युवाले नाका सुरक्षामा खटेका प्रहरीलाई आफु बोर्डर सिलबारे अन्जान रहेको भन्दा प्रहरीले उल्टै धम्काएर फिर्ता पठाएको गुणासो गरे । उनले आफु दुहबीको एक प्लाई कम्पनीमा काम गर्ने गरेको र त्याहाको व्यवस्थापनले समेत लकडाउन बारे जानकारी नगरेको बताए । यता बोर्डरमा खटेका केही नेपाल प्रहरीहरु भने अलपत्र परेकाहरु संग समन्वयको साटो लौरो लिएर कुरा गर्ने गरेको पाईएको छ ।

तस्विर समाचार श्रोत
जेनवन न्युज

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer