bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

व्यवशायी जयसवालद्वारा गरुडाको ७२ परिवारलाई राहत वितरण

व्यवशायी जयसवालद्वारा गरुडाको ७२ परिवारलाई राहत वितरण बैशाख ३।।२०७७।। विकाश पाण्डे , रौतहट

pokhariya Holi Notice

रास्ट्रिय जनता पार्टि राजपा नेपाल रौतहटका लोकप्रीय नेता र व्यवशायी कन्थमनी प्रसाद जयसवालले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, असाहाय परिवारलाई राहत वितरण गरेका छन ।सामाजिक दुरि कायम सहित नेता जयसवाले आज बुधबार गरुडा मठको पछाडी रहेको आपको बगैचामा ७२ परिवारलाई खाधान्न सामाग्री बितरन गरेका हुन ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेह्यका साथ गरिव परिवारहरुलाई नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत बाडेका बताए।रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता जयसवालले नगरपालिका ४ मा ७२ गरिव घर परिवारलाई राहत वितरण गर्नुका साथै मास्क र साबुन पनि उपलब्ध गराएका हुन ।नेता जयसवाल प्रतिपरिवार १० किलो चामल, ३ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गरेका छन ।रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफुले आउँदा दिनमा यस विपदमा गरिव, दलित, अपांग, लगायत अति विपन्न परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन ।यो सहयोग गर्ने प्रक्रिया निरन्तर चलीरहन्छ कोहि कसैलाई आपत परे आफू सङ सम्पर्क गर्न आग्रह गरे।राहत पाएको स्थानीय बासिले नेता जयसबालको यो कदम सराहनीय भएको प्रतिक्रिया दिए।अहिले सम्म कुनै सरकारले हाम्रो लागि केही गरेन भोकमरिको बेला नेता जयसवालले ठूलो उपकार गरेको स्थानीय हरुको गुनासो गरेका छन् ।सरकारले पुरै देश लाई लकडाउन गरेको धेरै दिन बितिसक्दा पनि जनप्रतिनिधिहरु अहिलेसम्म कुनै राहतको व्यवस्था नगरेको साथै सधै रासनको को बारेमा भाषण गर्ने र आआफ्नो घर तिर लागने गरेको स्थानियहरुको भनाइ छ।।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer