श्रावण महिनामा हरीयो चुरा र मेहदीको बजारमा बिक्री बढियो
राम नारायण ठाकुर, सिरहा ।
श्रावण महिनामा हरीयो चुरा र मेहदीको बजारमा बिक्री बढियो । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्त्वका रूपमा लिइन्छ ।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।