bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सबै भन्दा बढी हृदय रोगी रहेको प्रदेश न.२ : यादब

pokhariya Holi Notice

जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको आज औपचारिक शुभारम्भ गर्नु भयो ।
माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको उपप्रधानमन्त्री यादवले औपचारिक उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री यादवले सबै भन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुर शाखाको स्थापनाले रोगीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले अगामी दिनमा यस शाखाको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
उहाँले जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदयकेन्द्र शाखालाई समेत त्यस संग समन्वय गराएर अगाडी बढाउनुपर्ने बताउनु भयो । यसले प्रादेशिक अस्पताल र हृदयकेन्द्र दुबैलाई फाइदा हुने विश्वास व्यक्त गर्नु भयो । उपप्रधानमन्त्री यादवले जनकपुरलाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र विरंगजमा समेत विशिष्ट सेवा सहितका अस्पतालमा परिणत गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री लालबाबु राउतले हृदयकेन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्ने बताउनु भयो । उहाँले हृदयकेन्द्रको लागि प्रदेशको क्षमता अनुसार आवश्यक रकमको व्यवस्था समेत गरि सकेको बताउनु भयो । उहाँले जनकपुर अस्पताललाई केही दिन भित्रै प्रदेशिक अस्पतालमा परिणत गर्न आफुहरु लागि परेको उल्लेख गर्नु भएको हो । मुख्यमन्त्री राउतले जनकपुरमा अस्पतालमा भौतिक संरचनामा मात्र नभई विशिष्ट सेवाका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था समेत गर्ने तैयारी प्रदेश सरकारले गरि सकेको र सोही अनुसार कार्य समेत अघि बढाई सकेको बताउनु भयो ।
शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जनकपुर अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा। प्रमोद यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, आर्थिक मामिला मन्त्री विजय यादव, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, कृषि राज्यमन्त्री योगेन्द्र यादव सहितको सहभागिता रहेको थियो ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.