bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सिरहाको कल्याणापुरमा नेकपाका यादव विजयी

pokhariya Holi Notice

रामनारायण ठाकुर
सिरहा,मंसिर १५ गते । शनिवार भएको उप निर्वाचनमा सिरहाको कल्याणापुर नगरपालिका वडा नं. १२ को वडाअध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दिलीप यादव विजयी भएका छन्।
शनिबार सम्पन्न उपनिर्वाचनमा ८ सय २५ मत प्राप्त गरी यादव विजयी भएका हुन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १ सय ७१ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यादवका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार प्रदिप कुमार महतो र नेपाली काँग्रेस पार्टीका उम्मेदवार राज कुमार मुखियाले समान ६ सय १५ मत प्राप्त गरे ।
यस्तै जनमत पार्टीका मो. अताउल रहमानले १ सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ४१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका ५ जना मध्ये ४ जनले खाता समेत खोल्न सकेनन् । ३ हजार ४ सय ५० मतदाता रहेको उक्त वडामा २ हजार ४ सय ८० मत खसेका थियो ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.