bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सुनौली नाकामा मित्रदेश का अलपत्र ३ सय ७० नेपालीलाई भारतीयले खुवाए खाना ।

सुनौली नाकामा मित्रदेश का अलपत्र ३ सय ७० नेपालीलाई भारतीयले खुवाए खाना ।

pokhariya Holi Notice

बिरगंज,संवाददाता

भारतको नयाँ दिल्ली लगायत बिभिन्न शहरबाट घर फिर्ता आएका नेपालीहरु नेपाल भारत सीमानाकाको बेलहिया सुनौली नाकामा अलपत्र परेका छन् ।

यसरी अलपत्र पर्ने नेपालीहरुको संख्या ३ सय ७० रहेको छ । केही शनिबार र बाँकी आइतबार राति नाकामा आइपुगेका हुन । तर नेपाल सरकारले प्रवेश गर्न अनुमति नदिएपछि उनीहरु सीमामै अडकिएका छन् ।

उत्तर प्रदेश सरकारले आफनो राज्यका बिभिन्न क्षेत्रका हजारौं नागरिकहरु दिल्लीमै लकडाउनका कारणले रोकिएपछि उनीहरुको उद्धार गर्न एक हजार बस पठाएको थियो । त्यही बसमा नेपालीहरु पनि सुनौली सम्म आएका थिए ।

उत्तर प्रदेश सरकारले सहयोग गरी सुनौलीसम्म ल्यायो तर नेपाल सरकारले प्रवेश अनुमति नदिदा उनीहरु अलपत्र भएको स्थानीय पर्यटन व्यवसायी बिष्णुप्रसाद शर्माले बताउनु भयो ।

उनीहरुलाई तत्कालै भित्रयाई स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नु पर्ने पनि शर्माको भनाइ छ । बेलहियाका बिद्यालय, बिभिन्न संघसंस्थाका भवन र होटलहरु पनि क्वारेन्टाइनको रुपमा प्रयोग गरेर उनीहरुलाई भित्र्याउनु पर्ने पनि शर्माले बताउनुभयो । कतिपय भागेर गएको, कतिलाई सीमाका स्थानीयले भारततर्फ फर्काएको पनि छिटो भन्दा छिटो उनीहरुलाई ल्याउन पहल गर्नु पर्ने स्थानीयवासीको भनाइ छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्तले सीमानाकामा रहेका नेपालीहरुको बारेमा केन्द्रमा जानकारी गराईसकेको बताउनुभयो । आइतबारनै काठमाडांैमा अवगत गराएको हो तर अहिले सम्म केही निर्देशन नआएको पनि प्रजिअ पन्तले जानकारी दिनुभयो ।

Simraungadh Holi Notice

उप प्रधानमन्त्री एबं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको निर्णयपछि मात्रै अलपत्रहरु नेपाल प्रवेश पाउने सम्भावना देखिएको छ ।

अलपत्र नेपालीलाई भारतीयले खुवाए खाना

सीमानाकामा अलपत्र रहेका नेपालीहरु भोकभोकै बसेको थाहापाए पछि सुनौलीका स्थानीय युवा तथा व्यवसायीहरुले खाना खुवाउन सुरु गरेका छन् । आइतबार रातिसम्म भोकै रहेका उनीहरुलाई आईतबार बिहानबाट खाना खुवाउन सुरु गरेका हुन् ।

भारत पनि लकडाउनका कारणले पूरै ठप्प रहेको, खाद्यान्नका पसलहरु पनि नखुलेको हँुदा नेपालीहरु थप मारमा पर्न थालेको र उनीहरु भोकै देखिएपछि मानवीय नाताले खाना खुवाउन सुरु गरेको सीमावर्ती भारतीय बजार सुनौली नगर पञ्चायतका सभासद गुफरान खानले भन्नुभयो ।

Lek Besi Khabar.

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.