bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

२८औं स्थापना दिवसको अवसरमा अनाथालयमा मनाईयो

pokhariya Holi Notice
अनिल गुप्ता, बारा, जेष्ठ १३ । नेपाल प्रेस युनियन बारा शाखाले कलैयाको अमृता अनाथालयमा पुगी त्याहां रहेका बालबालिकाहरुसंग मिली जुली तथा सहयोग गरी नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवस धुमधाम संग मनाएका छन् । बारा शाखाका स्थापक अध्यक्ष सत्य प्रकाश श्रेष्ठको अध्यक्षतमा तथा प्रेस युनियनका सक्रिय सदस्य अनिल गुप्ताको सहयोगमा मनाईएका सो स्थापना दिवसमा नेपाल पत्रकार महासंध प्रदेश नं. २ का सदस्य सिकेन्द्र पासवान बिशिष्ठ अतिथी रहेका थिए ।
त्यसतै नेपाल प्रेस युनियनका सक्रिय सदस्यहरु अनिल गुप्ता, साजिर मंसुर, संतोष यादव, नवल साह, संजिव मिश्र लगायतकाले अतिथीको आशन ग्रहण गरेका थिए । अन्तराष्ट्रिय टे«ड युनियनमा नेपाल प्रेस युनियन पहिलो दर्ता भएको वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठले बताए । साथै अमृता अनाथालयले साह्रै पून्यको कार्य गरेको तथा यस अनाथालयका धेरै जसो केटाकेटी अमेरीकामा समेत पुगेको श्रेष्ठले बताउनु भयो ।
बारा शाखामा बिगत लामो समय देखी बिबाद रहेता पनि नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसमा पे्रस युनियनका सबै साथीहरु एक ढिका भई स्थापना दिवसलाई भभ्य र सभ्य तरिकाले मनाउनु पर्नैै आवश्यकता भएको यस कार्यक्रममका बिशिष्ठ अतिथी सिकेन्द्र पासवानले बताएका थिए । नेपाल प्रेस युनियन बारा शाखाका पूर्व अध्यक्ष गणेश रिजाल लगायतका कार्य समितीको एक जना साथी वा बरिष्ठहरुले नै युनियनका कुनै पनि साथीहरुलाई कुनै किसिमको जानकारी नगाएको तथा बारा जिल्लमा प्रेस युनियनको सदस्य समेत भन्न लाज लाग्ने गरेको प्रेस युनियनका सक्रिय सदस्य अनिल गुप्गाले दुःख ब्यक्त गर्दै केन्द्र स्तरमा समेत रहनु भएका केन्द्रिय समितीले पनि कुनै किसिमको चासो नदेखाएको गुप्ताले गुनासो समेत गरेका थिए ।
अमृता अनाथालयमा प्राय जसो राजनितिक कर्मीहरु आएर ठूला ठूला आश्वासन दिएर गएकाहरु अहिले सम्म आफ्नो मुख समेत हेराउन नसकेका हरुलाई त्यसता किसिमका झूठा आश्वासन नदिनु नै बेस हुने आनाथआलयका गोर्बधन बस्नेत र फूलमति बस्नेतले आजको कार्यक्रममा गुनासो ब्यक्त गरेका थिए । यस अनाथालयमा रहेका १६ वटा बालबालिकाहरुलाई अनिल गुप्ताको सहयोगमा २५ थान कोपी, २५थान डवटपेन, २५ थान ईरेजर, २५ थान कटर लगायतको सामाग्रीहरु बितरण गरेको थियो । ​

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer