bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रहरीलाई कुटपिट गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेकोछ ।

प्रहरीलाई कुटपिट गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेकोछ ।

pokhariya Holi Notice

कलैया ,१७ चैत्र ।

लक डाउनको अवज्ञागर्दै परवानीपुर गाँउपालिका वडा नम्बर ७ नौतनमा टोलमा क्रिकेट समुह बनाएर खेलिरहेको अवस्थामा सम्झाउन पुगेका प्रहरीलाई क्रिकेटको ब्याटले कुटपिट गरिएको हो ।

लकडाउनको बेला घरबाट बाहिरिन पूर्ण रुपमा रोक लगाइएकोछ ।लकडाउनको अवज्ञागर्दै समुह बनाएर आइतवार क्रिकेट खेल्ने टोलीका नाइके प्रहरी फन्दामा परेकोछ ।

प्रहरीले सम्झाउन खोज्दा उल्टै गाली गलौजगरि प्रहरीलाई कुटपिटगर्ने परवानीपुर गाउपालिका वडा नम्बर ७ बहुअरी बस्ने २७ वर्षिय गणेश कुमार साहलाई पक्राउ गरेको बाराका प्रहरी प्रवतmा डीएसपी गौतम मिश्रले जनाए ।

साहले ब्याट्सले हिर्काउदा एकजना प्रहरी हवलदार घाइते भएका छन् ।सम्झाउदै गरेका प्रहरीमाथि साह अक्रामक बनेका थिए ।

पक्राउ परेका साहलाई अदालतबाट ७ दिनको म्याद थपगरि थप अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी मिश्रले बताए ।साहमाथि चलाइने मुद्दाको टुंगो लागिनसकेको बताउँदै मिश्रले अनुसन्धानपछि त्यसको निर्धारण हुने बताए ।प्रहरीलाई नै कुटपिट गरेकाले साहमाथि कडा मुद्दा चलाइनेछ ।

अहिले सबै खेलकुद, मर्निगवाक, मेला, उत्सव लगायत भीड हुने कार्यक्रमहरुलाई पूर्ण रोक लगाइएकोछ ।अवज्ञा गर्नेलाई प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद र ६ सय रुपैया जरिवाना अथवा दुवै गर्न सक्ने अधिकार पाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer