bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी गित नबाज्ने : प्रहरी उपरीक्षक खत्री

pokhariya Holi Notice

अमित ठाकुर।रौतहट।फागुन १७।  जिल्लाको विभिन्न ठाउँमा दाहोरो अर्थ लाग्ने भोजपुरी गित अहिले धेरै बजिरहेका छन। दोहोरो अर्थ लाग्ने भोजपुरी गित बज्दा समाज तथा स-साना बालबालिकाहरुमा धेरै नकारात्मक असर परिरहेको छ। अश्लिन भोजपुरी गित रौतहटमा प्रतिबन्ध लगाउन पत्रकार चंचल झा सहितको पत्रकार टोलीले लगभग १ बर्ष देखि छुट्टै अभियान चालेका थिए । अश्लिन भोजपुरी गित सार्वजनिक रुपले डिजे साउण्डमा बजाउँदा समाजमा नकारात्मक असर पर्नका साथ-साथै हत्या हिंसा बलत्कार जस्ता घटनाहरु घट्ने सम्भावना रहन्छ ।

यस्ता अश्लिन भोजपुरी गित सार्वजनिक रुपमा नबजाउनका लागि रौतहटमा ३-४ जना प्रहरी उपरीक्षक र २-३ जना प्रमुख जिल्ला अधिकारी सरुवा भएर आए लगत्तै हामीहरुले बन्द गराउनका लागि पत्रचार गरेका थियौ। तर पछि केही सुधार भएन र उनीहरु रौतहटबाट सरुवा भएर गए। तर ५ दिन पहिला सरुवा भएर आएका रौतहट जिल्लाका नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले आज पत्रकार भेटघाटमा अब देखि रौतहटमा दुई अर्थ लाग्ने भोजपुरी गित सार्वजनिक रुपमा नबज्ने उद्दघोष गरेका छन । अब देखि बज्यो र हामी समक्ष सुचना आयो भने डिजे साउण्ड र बजाउने ब्यक्तिलाई तुरुन्तै कानुनी दायरामा ल्याउने उनले बताए । प्रहरीको सहयोग निशुल्क हुन्छन हामी निशुल्क सेवा दिनेछौं । रौतहटमा धेरै जसो अमानवीय घटना, बलत्कार,हत्या,चोरी, जातीय द्वन्द , केटी दिस्क्याउने जस्ता घटना घट्ने गरेको सुनिरहेको छु। अब देखि यस्ता घट्ना घटाउने र गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने उनले प्रतिबद्धता जाहेर गरका छन । प्रहरीले कुनै पनि काम गर्दा यहाँ संचारकर्मीका साथ साथै स्थानीयबासिन्दालाई पनि सहयोग गर्न उनले अनुरोध गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer