bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण

pokhariya Holi Notice

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले समाचार संकलन गरी घर फर्किने क्रममा पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण गर्न लगाएका छन् ।

शुक्रवार साँझ शहिदनगर नगरपालिकाको कोयलपुरमा पत्रकारद्धय रोहिता र मोरबैतामाथि आक्रमण भएको हो । मेयर बरबरियाले पालेका ४÷५ जना व्यक्तिले अचानक आएर लाठी प्रहार गर्न थालेपछि पत्रकार रोहिताको टाउँको फुटेको छ । पत्रकार मोरबैतालाई समेत कुटपिट गरेका छन् ।

उनी दुबै जनाको उपचारका लागि जनकपुर लगिएको छ । घाईते पत्रकार रोहिताले भने, ‘आज शहिद नगरले बनाएको क्वारेन्टाइनको रिपोर्टिङ गर्न पुगेका थिए । त्यहाँ बस्नेहरुको बेहाल छ । केहि सुविधा दिएको छैन । यस विषयमा मेयरसँग बुझ्न नगरपालिका गएका थिए । सोही निहुँमा लठैत पठाएर आक्रमण गर्न लगाए ।’

मेयर बरबरियाले आफुविरुद्ध पटक पटक समाचार लेखेको भन्दै यसअघि पत्रकार मोरबैतालाई धम्की दिन लगाएका थिए । गाउँपालिकामा व्यापक भ्रष्टाचार गरिरहेका मेयर बरबरियाको विषयमा पत्रकारद्धय रोहिता र मोरबैता पटक पटक समाचार बाहिर ल्याउँदै आएका छन् । सो कुरा सह्न नसकेपछि मेयर बरबरिया आक्रमणमा उत्रेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer