महाशिवरात्रि को अवसरमा श्री सिद्देश्वर मंदिरमा आज विहानै देखि दर्शनार्थीहरुको घुईचो

बारा// हरेक वर्षझैँ यसवर्ष पनि बाराको कलैया उपमहानगरपालिका १ स्थित श्री सिद्देश्वर मंदिरमा आज विहानै देखि पुजापाठ गर्न दर्शनार्थीहरुको घुईचो लागेको छ । उक्त मंदिरको प्रागंणमा आज मेला समेत लागेको छ । आज विहान ११ बजे देखि ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बारामा झण्डा लहराई शान्ति यात्रा सुरु गरि कलैयाको विभिन्न ठाउ परिक्रमा गरी सिध्देश्वर महादेव मन्दिरको प्राङ्गनमा पुगी प्रवचन कार्यक्रम गरिएको छ। शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन रहेको छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
हिन्दू धर्मावलम्बीहरुको महान् पर्व महाशिवरात्रि आज सोमबार बाराका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँएको छ । दर्शनार्थीहरूको शिवालयहरूमा पूजाआजा गर्न विहानैदेखि घुइँचो लागेको छ । दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन रहेको छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्व्सिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । आज दिउँसो २ बजे शान्ति सर्मद्धी तथा स्वर्णिम युगको लागी परमात्मा अवतरण प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा उपस्थित भई ज्ञान लिन राजयोग सेवा केन्द्रले पत्रकार मार्फत सबैमा अनुरोध गरेका थिए। । शिवरात्रीको अवसरमा शिवपार्वतीको चैत्यपन्न झाँकी देखाउने मीना दीदीले बताएकी छिन।

आज महाशिवरात्रीको दिनबाट सुरु भई उक्त कार्यक्रम जिल्लामा २५ दिन सम्म संचालन हुने जानकारी गराइएको छ । बाराको गजभवानीपुर , बघवन , दौरवा लगायत २३ ठाउँमा प्रवचन , झाँकी लगायतको कार्यक्रम गरिने जानकारी गराइएको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
