मान्छे मारेर सान्सद बन्न पाउने तर शिक्षकले अधिकारको लागि आन्दोलन गर्न किन नपाउने : युवा नेता रौनियार

बारा,// विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी र शिक्षकहरुबीच झडप भएको हो । प्रहरीले आन्दोलन निस्तेज पार्न पानीको फोहोरा र अश्रुग्यास हानेपछि । शिक्षकहरुले नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए ।
Thank you for reading this post, don't forget to subscribe!प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । मुलुकभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत रहेको बताइएको छ । यसअघि सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दी सिर्जना गरेर राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । तिनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु आन्दोलनरत छन् ।

देशै भरी करिब चालीस हजार को संख्या मा रहेका राहत शिक्षक हरु ले काठमाडौ मा आइतबार देखि प्रदर्शन मा उत्रीएको बेला नेपाल् सरकार का शिक्षा मन्त्री गिरिराजमणिले शिक्षक हरु पढाउने हो आन्दोलन गर्ने होइन भनी दियेको अभिव्यक्ति को बिरोधमा नेपाली काङ्ग्रेस का युवा नेता तथा नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार ले कडा आपती जनाएका छन। आपति जनाउदै रौनियार ले भने यस्ता नेता र मंत्री जो संग विवेक नै हैन भने हाम्रो देशमाथि नै प्रश्न चिन्ह खडा हुन्छ कि हाम्रो देश सुन्दर शान्त विशाल देश कसरि चल्छ। देशको नाम नै गुमनाम हुन् पुग्छ । यस्तो अवस्थामा जनता कसरि आफ्नो देशमा बाच्न सक्छ? आफै आफ्नो देशमा छु कि कुनै अर्को देशमा भन्ने आफैलाई सोध्ने प्रश्न हुन्छ । कित त्यो जनता यो देश को हैन नत्र त्यो नेतानै अरुको इशारामा चलेको हो भन्ने कुराको गम्भीर आरोप समेत लगाएका हुन्।
राहत हरु को माग प्रती सरकार गम्भीर बनेर उनिहरु को माग लाई सम्बोधन गर्न सुझाव दिनु भयो। साथै गिरिराज मणि ले आफ्नो धरातल नभुल्न पनि चेतावनी उहाले दिनु भयो उहाँ हरु ले मान्छे मारेर सान्सद र मन्त्री हुन पाउने तर आफ्नो पेशागत हक र अधिकार को लागि राहत शिक्षकहरु ले आन्दोलन पनि गर्न नपाउने कस्तो लोकतन्त्र हामिले ल्याएका हौ रौनियार ले प्रती प्रशन गर्नु भयो। देशको नाम नै गुमनाम हुन् पुग्छ । यस्तो अवस्थामा जनता कसरि आफ्नो देशमा बाच्न सक्छ? आफै आफ्नो देशमा छु कि कुनै अर्को देशमा भन्ने आफैलाई सोध्ने प्रश्न हुन्छ । कित त्यो जनता यो देश को हैन नत्र त्यो नेतानै अरुको इशारामा चलेको हो भन्ने कुराको गम्भीर आरोप समेत लगाएका हुन्।

Comments are closed.