bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रधानमन्त्रि अस्पतालमा भर्ना गरिए पछि वीरगन्जको कार्यक्रम स्थगित

अग्निको उर्जाबाट अध्यात्मिक क्रान्तिको उदघोष गरौ : बालगुरु आदित्य

pokhariya Holi Notice
वीरगन्ज,//  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गर्नुभएको छ ।अश्वस्थताको कारण वीरगन्जसमा चलिरहेको अश्वमेध गात्री महायज्ञको पुर्णाहुती कार्यक्रममा पठाउनु भएको सन्देशमा  नेपालमा पहिलो पटक  भइरहेको यसयज्ञबाट नेपालको समृधीसगं विश्वमै शान्ति छाओस भन्ने कामना व्यक्त गरिएको छ । पुर्णाहुती कार्यक्रममा उहा आउने अन्तिम त्यारी भए पनि  नियमित चेक जाँचको क्रममा उहालाई अस्पतालमा भर्ना गरिएपछि वीरगन्जको कार्यक्रम स्थगित गरिएको थियो । प्रधान मन्त्री ओलीको अश्वस्थता खबर आएपछि महायज्ञमा प्रधान मन्त्रीको सिध्र सुस्वास्थ्यको लागी सहभागी सबैले मन्त्रद्धारा आहुति दिएका थिए ।
आइतबार देखि सुरुभएको महायज्ञको अन्तिम दिन पुर्णाहुतीमा पुग्नु भएका मुख्य मन्त्री महमद लालबाबु राउत गद्दिले महायज्ञको सफताको कामना व्यक्त गर्नुभएको थियो । मुख्य मन्त्री राउतले महायज्ञले चरित्र निर्माणको  लागि एउटा उर्जा उत्मपन्न गरेको बताउदै गायत्री परिवारले नेपालमै पहिलो पटक आयोजना गरेका यस महायज्ञको लागी धन्यवाद दिनु भयो । पुर्णाहुती कार्यक्रममा पुग्नु भएका बालगुरु आदित्यले नेपालमा पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञ पुणरुपमा सफल भएकोमा आयोजक लाई ध्यन्यवाद व्यक्त गर्नुभएको थियो ।उहाले महायज्ञमा सहभागी सबैलाई धन्यवाद दिदै अग्नीबाट उर्जा अत्यपन्न गरी अध्यात्म क्रान्ति लागीको उदघोष गर्न आहवान गर्नुभएको छ ।महायज्ञको लागी आफैले त्यारपारेका बिशेष प्रकारका आहुती सामग्री बाट हवज गरे पच्चात लिखित कामनामा अध्यात्म क्रान्ति गर्न सबैलाई  आहवान गर्नु भएको हो ।

कार्यक्रममा  पुर्व अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्याले गायत्रीको महत्वको बारेमा बिशेक्ष कथा प्रवचन गर्नुभएको  थिए ।उहाले आफनो प्रवचनमा गायत्री महत्व बताउदै जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न गायत्री मन्त्रको जाप प्रत्येक दिन गर्न भक्तजनहरुलाई शिक्ष दिनु भयो ।महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा. उपेन्द्र महतो र मुल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले महायज्ञ समिति लगायत विशेष अतिथीहरुको उपस्थिती रहेको थियो ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer