श्रीसियामा जारी फुटबलमा युवा स्पोर्टस क्लब विजयी


वीरगंज// वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा युवा क्लब वीरगन्ज ,विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको तेश्रो दिनको खेलमा सरस्वती युवा क्लब रौतहटलाई युवा क्लब वीरगन्जले १–२ गोलले पराजित गरेकोे आयोजक क्लबका पंकज चौधरीले जानकारी दिनुभयो। प्रतियोगितामा विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने चौधरीले जानकारी बताउनुभयो ।
भोलीको खेल युवा युनाईटेड क्लब वीरगञ्ज र वाग्मति युवा क्लब सर्लाहीबिच हुने आयोजक क्लबका चौधरीले बताउनुभयो ।आजको खेलको म्यान अफ दि म्याचलाई बिशाल मेमोरीयल फाउन्डेशनका अध्यक्ष रोसन कलवारले नगद एक हजार पुरस्कार प्रदान गरेका थिए । त २ गतेसम्म हुने प्रतियोगितामा बाराको एपीएफ पथलैया, वीरगञ्ज युथ एकेडेमी, युवा स्पोस्र्टस क्लब वीरगञ्ज, युवा समाज चितवन, मकवानपुर ११ हेटौंडा, बारा ११, सरस्वती युवा क्लब रौतहट, वीरगञ्ज युनाईटेड र वीरगञ्ज आर्मीको सहभागिता रहने क्लबका अध्यक्ष सञ्जय पटेलले बताए ।![]()

