CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.

खिर खुवाउँदै दिवा खाजाको सुरुवात

0 1,158
Bara Gadhi Notice winter

दीपेन्द्र प्रसाद सिंह, धनुषा //  धनुषाका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले विद्यार्थीहरुलाइ खिर खुवाउँदै दिवा खाजाको सुरुवात गरेका छन । बटेश्वर गाउँपालिका वाडा नम्बर १ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालय जनमुक्तिनगरमा आइतवारदेखि दिवा खाजा खुवाउन गाउँपालिका अध्यक्ष आफै पुगेका छन । विद्यार्थीहरुलाई टिफिनको समयमा विद्यालयमै प्रति विद्यार्थी १५ रुपैयाको दरले नेपाल सरकार स्थानिय तहमा विद्यार्थीहरुको लागि रकम निकासा गरेपछि विद्यालयमा वर्षौदेखि दिवा खाजा कार्यक्रम लागु हुन सकेको थिएन । बटेश्वर गाउँपालिका र विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोको विशेष पहलमा आइतवारदेखि दिवा खाजाको सुरुवात गरिएको छ । दिवा खाजाको सुरुवात गर्दै अध्यक्ष राउतले बालबालिकाहरुलाई पौष्टिक तत्व पाउने गरि विभिन्न प्रकारको खाजा खुवाउने र विद्यालयमा अनियमित हुने विद्यार्थीहरु खाजा कार्यक्रमपछि नियमित हुने विश्वास लिएको बताएका छन ।

Baiju sah
Leave A Reply

Your email address will not be published.