विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

शिक्षाको विकासको लागि साईकल वितरण : नगर प्रमुख यादव

0 1,245

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

प्रभु यादव ,बारा//  महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नगरको शिक्षाको विकासको लागि साईकल वितरण गरिएको बताएका छन । साईकल वितरण उपभोक्ता समितिले आईतबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी बेनौलीमा आयोजना गरेको नौ कक्षाका छात्राहरुलाई साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले छात्राहरुको पढाईप्रति मनोबल बढाउनको लागि साईकल वितरण गरिएको बताएका हुन । नगरपालिकाले नगरसभाबाट नै शिक्षाको विकासको लागि योजना नै बनाई साईकल वितरण गरिएको हो । बेटी बचाऔ बेटी पढाऔ अभियान अन्र्तगत छात्राहरुलाई साईकल वितरण गरिएको र आंउदो दिनमा पनि साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

देवताल psa

नगरपालिकाले मुल नारा नै शिक्षाको विकास प्रति अग्रसर भएको बतांउदै नगर प्रमुख यादवले भौतिक पुर्वाधार निमार्णका कार्यहरुलाई अगाडि बढाउंदै नगर भित्रका विद्यालयहरुमा विषयगत शिक्षक, शिक्षिकाहरुको व्यवस्थापन गर्ने कार्यमा लागेका छौ । वहांले समयमा विद्यालयमा आवत जावतमा सहजता होस उदेश्यका साथ साईकल वितरण गरिएको यति मात्र नभई विद्यार्थीहरुको लागि शुद्ध खानेपानी फिल्टरको समेत जडान गरिएको नगर प्रमुख यादवले बताए । शिक्षाको गुणस्तरमा बृद्धि गर्नुको साथ सांथै विद्यार्थीहरुलाई स्वस्थ राख्नको लागि नगर भरिका विद्यालयहरुमा पोष्ण कार्यक्रम ल्याउने लक्ष्य रहेको बताए । विद्यार्थीहरुको शिक्षाको विकासको लागि सम्पुर्ण अभिभावकहरुको जिम्मेवारी भएको भन्दै नगर प्रमुख यादवले शिक्षाको विकास भए नगरको विकास हुने र देशको विकास हुने भएकोले नगरपालिकाले शिक्षामा बढी बजेट विनियोजन गरेको र शिक्षाको विकासको लागि हरेक पलमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी बेनौलीका एक सय सात जना छात्राहरुलाई साईकल वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल, वडा नं. ७ का वडा अध्यक्ष रामजन्म प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव साह लगायतकाले सम्बोधन गरेका थिए । साइकल खरिद तथा वितरण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामबहादुर पण्डितले गरेका थिए । नगर भित्रमा पांचवटा रहेको मावि विद्यालय मध्ये चार वटा विद्यालयमा भदौ २२ गते नगरपालिकाले साईकल वितरण गरिसकेको छ ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.