Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी : उपप्रमुख रिझा मिश्र झा

प्रशौनी छठ ०२२
0 1,399
cin bigyapan
फेटा छठ ०२२

कुलदिप दास (प्रेम) जनकपुरधाम।।  विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जनकपुरधाम हो। प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी तथा प्रदेश २ को अस्थायी मुकाम समेत रहेको छ । तर यहाँ सडकमा चौपाया छाडा छोडिएको छ । मरेको गाइवस्तु, सुँगुर, कुकुर लगायत फोहर व्यवस्थापन नहुँदा जनकपुरधामको प्रवेशद्वारसँगै नगरको विभिन्न ठाउँ दुर्ग्न्धित हुने गरेको छ । यसरी सडकमा छाडिएका छाडा चौपायाका कारण सवारी आवागमनमा अवरोध हुने गरेको छ । जनकपुर नगरभित्र छाडा सुँगुर, छाडा चौपाया र कुकुरको आतंक धेरै पुरानो समस्या हो। त्यसैले यहाँ पटक(पटक गाइवस्तु पनि सवारीको ठक्करले मर्ने गरेका छन् । मरेको गाइवस्तु जनकपुर उप–महानगरपालिकाले नउठाउँदा अधिकांश ठाउँमा सर्वसाधारण आफैले कुनै सडकपेटी अथवा खुल्ला स्थानमा फाल्ने गरेका छन् ।

पचरौता छठ ०२२
cin bigyapan

जनकपुर उप–महानगरपालिका क्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रेलवे स्टेसन लगायत सहरको व्यस्त सडकमा जताततै गाई गोरु, भैंसी, बाख्रा, खसी, घोडा लगायत घरपालुवा चौपायाले सवारी आवागमनमा अवरोध हुने गरेको छ । जनकपुरधाम उप–महानगरपालिका, प्रहरी, प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन ्। छाडा चौपाया नियन्त्रण गर्ने पहिलो जिम्मेवारी भएकोले जनकपुरधाम उप–महानगरपालिकाले कार्यालय हाताभित्र कान्जी हाउस बनाएको छ ।

तर जनकपुरमा यति धेरै छाडा चौपाया छन् की नियन्त्रण गरेर ल्याउँदा कान्जी हाउसमै नै अट्दैनन् र पछि बाध्य भएर छोडनुपर्ने बाध्यता रहेको उपप्रमुख रिझा मिश्र झा बताउँछिन् । छाडा चौपायाबीच सडकमा सुत्ने, हिँड्ने, उभिने र यताउता हिँडदा सवारी दुर्घटना पनि हुने गर्छ। सवारीले ठक्कर दिँदा मृत्यु भए सवारी धनीले मूल्य भन्दा धेरै जरिवाना तिर्नुपर्छ। सडकमा छाडा छाडिएका घरपालुवा जनावर नियन्त्रणमा लिएर कान्जी हाउस पुर्‍याएमा चौपायाका धनीलाई उप–महानगरपालिकाले ५ हजार जरिवाना तिराउने व्यवस्था गरेको छ । तर पक्राउ परेका गाईवस्तुलाई जरिवाना तिरेर लिनै नआउने गरेको उपमेयर मिश्र बताउँछिन ्।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer