युवा स्पोर्ट्स क्लब फाइनलमा प्रवेश


वीरगन्ज // वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको फाइनलमा युवा स्पोर्ट्स क्लब वीरगन्ज प्रवेश गरेको छ । वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा आज भएको सेमिफाईनल खेलमा एपिएफ क्लब महोतरीलाई युवा स्पोर्ट्स क्लब वीरगन्जले १–० गोलले पराजित गरेकोे हो । आजको खेलमा म्यान अफ दि म्याच युवा स्पोर्ट्स क्लब वीरगन्जका सुशान्त तामाङ भएका थिए । प्रतियोगितामा भोलीको हुने दोस्रो सेमिफाईनल खेलमा नव जनजागृती क्लब सिमरा र वीरगन्ज युनाइटेड क्लब वीरगन्ज बिच हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड र मेडल प्रदान गरिने आयोजक क्लबका पंकज चौधरीले जानकारी दिनुभयो ।
