bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरिया नपाले कागजमा किन्यो ३० लाखको औषधी, कहाँ छ पत्तो छैन

pokhariya Holi Notice

 

पोखरिया, २ साउन – पोखरियामा

नगरपालिकामा औषधी खरिदमा भएको भ्रष्टाचारको रहस्य खुलेको छ ।
पोखरिया नगरपालिका अन्र्तगतका अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रका लागि औषधी खरिद गरेको दाबी गरेको भएपनि खोजतलाश गर्दा औषधी नभेटिएपछि आर्थिक अपचलनको रहस्य खुलेको हो ।

 

सो नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म पर्ने ५ वटा स्वास्थ्य चौकी, १ वटा आधारभुत स्वास्थ्य केन्द्र र १ वटा पोखरिया अस्पतालका आवश्यक पर्ने औषधी खरिद गरिएको भनिएपनि स्टकमा औषधी नभेटिएको वडा नं. १० का वडाध्यक्ष सोनानाल साहले जानकारी दिए । नगरपालिकाले औषधी किन्न संघीय सरकारबाट सशर्त अनुदानको ३० लाखको बजेट पाएको छ । तर कमिसनको चक्करमा पहिला नै किनिसक्नुपर्ने औषधी किन्न ढिलाई गरिएको उनले दाबी गरे । अहिले आएर नगरपालिकाको स्वास्थ्य शाखामा सोधपुछ गर्दा औषधी किनिसकेको बताएपनि किनेको औषधी कहाँ छ सो अत्तोपत्तो नभएको साहले भने । नगरपालिका र स्वास्थ्य शाखाले कमिसनको खेलमा हालसम्म पनि आर्थिक वर्ष २०७६/७७ को बजेटबाट किन्नुपर्ने औषधी हालसम्म खरिद नगरिएको उनले भने । औषधी खरिद गर्न दुई महिना अघि नै टेन्डर गरिएको भएपनि कसले ज्यादा कमिसन दिन्छ भन्ने लोभमा हालसम्म औषधी नकिनिएको उनले बताए । औषधी खरिद नहुँदा नगरपालिका अन्र्तगन्तका स्वास्थ्य संस्थामा औषधी लिन पुगेको बिरामीहरु खाली हात फर्कन बाध्य भएको उनले बताए । यसअघि, विभिन्न स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा औषधी पाइरहेका बिरामीहरु पनि प्रभावित भएका छन् ।

 

 

पोखरिया नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक कौशलेन्द्र मिश्रले भने प्रक्रिया पूरा गरी गत असार २५ गते नै नगरपालिकाले औषधी किनि सकेको दाबी गरे । स्टोरमा किनिएको औषधी राखिएको देखाउनु भनेर स्वास्थ्य शाखा संयोजक मिश्रासँग अनुरोध गर्दा स्टोरकिपरसँग चाबी रहेको र अहिले स्टोरकिपर नभएको भन्दै पन्छिन खोजे । किनिएको औषधी कहाँ छ भनेर सोधखोज गर्न स्वास्थ्य शाखा पुगेका वडाअध्यक्ष साहले किनिएको औषधी हेर्न खोज्दा कही फेला नपारेको बताए ।

यता, नगरपालिकाको स्वास्थ्य शाखाका उप संयोजक तथा स्टोरकिपर रामविजय प्रसाद गुप्ताले भने औषधी किनेकोबारे मात्र सुनेको बताए । आफुले जिन्सी शाखाको जिम्मेवारीमा पनि रहेको भन्दै औषधी कहिले र कति रुपैंयाको औषधी खरिद गरिएको हो र औषधी कहाँ छ केही थाहा नभएको बताए ।

यस विषयमा बुझ्न पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियारसँग सम्पर्क गर्न खोज्दा दुवै मोबाइलको स्वीच अफ रहेकाले सम्पर्क हुन सकेन । उपमेयर सलमा खातुनले भने औषधी खरिद प्रक्रिया शुरु भएको जानकारी मात्र थाहा भएको तर यस सम्बन्धमा पछिल्लो अपडेट के छ थाहा नभएको बताइन् । खरिद प्रक्रिया मेयरले ने हेर्ने भएकाले मेयरसँगै जानकारी लिन उनले भनिन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer