अनिल पाण्डे, कलैया, बारा।
समामुपातिक प्रदेश सभासदस्य महम्मद समिर केहिदिन देखि अबिरल बर्षाले गर्दा पसाहाखोलामा आएको बाढिले कलैया उपमहानगरपालिका वडा न १४ भौँरा टोलमा पचास घरभन्दा बढी दुबानमा परेको देखेर धेरै दुख ब्यक्त गरे साथै आउदो आ. ब. मा प्रेदेश सरकार र केन्द्रिय सरकार सँग समन्वय गरि बघवन पसाह खोलादेखि भौँरा टोल सम्म तटबन्ध आफनै नेत्रित्वमा सम्पन्न गराउने प्रतिबध्ता गर्नुभयो । आउदो बर्ष कसैलाई यँहा दुबानमा पर्ने समस्या नहोस भन्दै आश्वासन दिएका हुन। कोई भोकै नबस्ने स्थिति नाआओस भन्ने उदार भावना अनुसार तिनै तहको सरकार सँग पिडित घरपरिबार लाई चाडोभन्दा चाडो राहत बितरण गर्न माँग गर्नुभयो।
ईश्वर पास्वान, भलाल साह, बिश्वनाथ राउत, राम जनम थाकुर लगायतका पचास घर परिवार दुबानमा परेकोछ। कति क्षति भएको भनि अहिले खुलन नसकेको किनभने सबै घर हरुमा पानि पसिसकेकोले हामि भागेर आफ्नो ज्यान बचाउने उद्देश्यले हामि यहिको बिधयालय तिर बसिरहेको पिडित ब्रहमदेव यादवले जनकारि गराए।
देशमा तिन तहको सरकार हुदाहुदै प्रत्येक बर्ष यसरि नै हामि दुबानमा पर्दा पनि कुनै सरकारले यो खोलामा कुनै किसिमको तटबन्ध नगरिदिएकोले हामि डुबानमा पर्दै आईरहेको पिडित नेवाजि मियाले गुनासो गर्नुभयो।