अनिल पाण्डे, कलैया, बारा।
माहागढिमाई नगरपालिका बारीयारपुर बाराले आज सोही नगरपालिकाको वडा न २ मा पर्ने किता न २३६ मा राधाकृष्ण मन्दिर को सिलान्याश गरेकोछन । राधाकृष्णा मन्दिर नबानाउन सोही वडाको जितेन्द्र प्रसाद कुशवाहाले उच्च अदालत जनकपुर आस्थायी इज्लास बिरगजमा नपालाई बिपक्षि बनाई दिएको निबेदनमा उच्च अदालत निमावलि २०७३ को नियम ४२ बमोजिम उक्त जग्गामा राधाक्रिष्णा मन्दिर निर्माण कार्य मिति २०७७/०४/१५ सम्म नगर्नु, नगराउनु भनि बिपक्षिहरुको नाममा अल्पकालिन अन्तरिम आदेश हिजो जारि गरिएको भएतापनि मेयर उपेन्द्र यादव उपनले आज सिलान्याश गर्नु भएकोछ।
अदालत बाट कुनै पत्र न आएकोले र वडा अध्यक्षलाइ आज सिलान्याश गर्न प्रतिब्धता गरिसकेले सिलान्याश गर्नुपरेको र अदालतबाट पत्र आईसकेको भए सिलान्याश कार्यक्रम नगर्ने मेयर यादवले जानकारि गराउनु भयो।
हिजो नै परमादेशको एक कोपि मेयरलाई र यहाको प्रहरि चौकिका प्रमुखलाई एक कोपि दीइसकेको भएतापनि मेयर यादवले आफ्नो नगर प्रहरि र नेपाल प्रहरिको सहयोगले दबगँ पाराले उच्च अदालतको धज्जि उदाउदै सिलान्यास गरेको आरोप पुर्ब सभासद सिवचन्द्र कुशवाहाले जनकारि गराउनुभयो।