अनिल पान्डेय, कलैया ।
बिश्व अहिले कोरोना भाईरसको अति जोखिम अवस्थाबाट गुज्रिरहेको बेला हाम्रो जिल्ला बारामा एक हप्ता पहिलेदेखिनै निषेधाज्ञा लागु गरि भारतसँगको खुल्ला सिमानाकामा पुर्णरुपले आवतजावत बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बाराले आदेश जारिगरि सके पनि बाराको खुला सिमानाका कबहिगोढ, आमवा, दक्षिण जिटकैया र मटियर्वा, बेलदारी नाकाहरुमा भारतियाहरुले छ सय देखि सात सय सम्म पर्ने युरिया मल बाराको सिमानाका सम्म ल्याई दोब्बर तेब्बर भाउमा बेचिरहेको पाईएको छ भने यहाको किसानहरु नेपाल बाट युरिया माल नपा ले किन्न बाध्य भएकाछन।
मल खाद उताको भारतिय मान्छेहरु यता सम्म लयाएर हामिलाई दोब्बर भाउमा दिन्छ र यहाबाट हामि आफ्नो गाँउसम्म ल्याएर अरु ब्यापारीसँग बिक्रिबितरण गर्दैआएको र सशस्त्र प्रहरीलाई आफ्नो खेतको लागि भनि प्रति बोरा युरिया मल बराबर रु ५०/- मोबाईल रिचार्ज बापत दिने गरेको दक्षिण जिटकैयाका किसन यादवले जनकारि गराएका छन।
देवताल गाँउपालिका वडा न ३ आमवा टोलमा रहेको सशस्त्र क्याम्पको सई मन्डलसँग कुरा गर्दा हामिले केहिपनि आउन दिएकाछैनै बरु सिमाक्षेत्रका गाँउघरकोलागि अलिअलि मलखाद छोडिएको छ।
यसरि सिमानाकाबाट मल खाद लगायत सम्पुर्ण समाग्रिहरु केहि पैसाको लोभले छोडिने तथा बरियारपुर कलैया बजार एरियामा जिल्लाको प्रहरि टोलि आएर छापा मार्ने कस्तो किसिमको निषेधज्ञ हो र सिमानाका सिल गरिएकोहो भनि बरियारपुरको जटासँकर ब्यापारिले प्रश्न गरेकाछन।