उदय तिवारी, रौतहट।
आजभन्दा झन्दै एक दशक हुन लागयो तर बागमति पुल अझै निर्माण हुनसकेन।लुम्बिनि बिल्डर्स प्रा लि सिदार्थनगरले हुलाकि राजमार्ग आयोजना कार्यालय जनकपुरबाट झन्दै छतिस करोडको लागनिमा निर्माण हुने ठेक्का भएकोथियो। अहिलेसम्म सो पुल निर्माण हुन नसकेको कारणले अहिले बर्षात्को मौसममा मान्छेहरु ढुङ्गाँको सहाराले नदि पार गर्न छर्को रकम तिर्न बाध्य छन।
अरुबेला सो नदिमा बासँको लछ्का लगाई प्रति मोटरसाईकल रु सय रुपैया लिने गरेको पाईएकोछ। यति महङ्गो किन लियेको भन्ने बारे बुझ्दा गढिमाई न पा बाट बिगत आर्थिक बर्ष २०७६/०७७ मा यो लचकाको टेन्डर नै रु असि लाखमा भएकोहुनाले यो रेट कायम गरिएकोछ।
बागमति पुल निर्माण भईसकेपछि रौतहट देखि सर्लाहि जोडने हुन्छ। सबै जनालाई आवत जावत गर्न सजिलो हुन्६ तर ठेकेदार र नगरपालिकाले आ आफ्नो स्वार्थ पुर्ति गर्न यो पुल निर्माण गर्न चासो देखाएकाछैनन। ठेकेदारले यो पुल अधुरो छोडि यहाँको नदिबाट बालुवा, गिट्टि तथा बोल्डर दुवानि गरि मगन्न्य आम्दानि गरिरहेको छ।
यस्तै नगरपालिकाले पुल अधुरि रहेकोले लचका लगाउन टेन्डर गर्छ भने उत बालुवा,गिट्टि र बोल्डर दुवानिबाट पटके कर असुलि गरि राम्रो आम्दानि गर्दै आएकोछ तर जन्ताको बारेमा कसैले सोचने गरेकोछैन र यिनिहरुलाई कार्वाहि गर्ने निकाय देशमा छ कि भनि त्याहाँ स्थानियहरुले दुख ब्यक्त गरेकाछन।