निषेधज्ञामा बनबाट काठको तस्करी फस्टाउदै सहायक बन अधिकृत
अनिल पाण्डेय
कलैया बारा
जिल्ला प्रसाशन कार्यालय बाराले लगभग एक महिनादेखि निषेधज्ञा जारी राखेको अवस्था छ। अहिलेको अवस्थामा बाहिर काम गर्ने सबै मान्छे आ आफ्नो घरमा सर्दै बसोबास गरिरहेको अवस्थामा धेरै जसो बन क्षेत्र नजिकैको गाँउमा बसोबास गर्ने बसिन्दाहरु खुला बाटो भएकाले तस्करिमा लगेकाछन मधुबन सब डिभिजन बन कार्यालयका सहायक अधिकृत सत्यदेव प्रसाद यादवले जानकारी गराउनुभयो।
बारामा आठ वटा सब डिविजन बन कार्यालयभए ता पनि आधि भन्दाबढी बन क्षेत्र मधुवन सब डिविजनमा नै पर्ने भएकोले र कर्मचारी कम भएकोले काम गर्न कठिनाई भई काठको चोरी सिकारी बढेको हो सहायक बन अधिकृत यादवले बताए । बन क्षेत्र नजिकै रहेको नेपाल प्रहरीसँग सहयोग माँग गर्दा कुनै किसिमको सहयोग नगरिदिदा पनि सब डिभिजन का कर्मचारी मात्रैले तस्करी रोक्न असमर्थ रहेको सहायक अधिकृत यादवले दुख ब्यक्त गरेकाछन। मधुवन सब डिविजन कार्यालय अन्तर्गत थप चार वोटा पोस्ट जैतापुर, ककडि,पसाह र बोधबन रहेतापनि बन तस्करि रोकिएको छैन भन्ने अहिले आएर झन तिब्र रुपमा फस्टाएकोछ।
कलैया, बरियारपुर , सिम्रौनगढ तथा गँजभवानिपुर क्षेत्रको चिरानहरुमा अहिले को बन तस्करीको काठहरु छयापछयापै देखन पाईरहेकोछ। चिरान भएको एरियाहरुको नेपाल प्रहरि पोस्टको प्रहरी इन्चार्जहरु कमिसनमा आ आफ्नो घरको लागि काठको समाग्री बनाउनमा ब्यस्त रहेको पनि बुझिएकोछ। जँगलबाट साईकलमा मोटरसाईकलमा तथा टाँगाठेलामा तस्करीको काठ आईरहेको देखेर अन्तरराष्ट्रिय बिमान स्थल निर्माण हुने भईरहेको हुनाले बनका कर्मचारीहरूको मिलोमतोमा तस्करी फस्टाएको बन क्षेत्रका गाँउका जनता प्रत्यक्षदर्शिले गुनासो गरेका छन।
बिमान स्थल निर्माण गर्नको लागि बन कटान गर्नुपर्ने भएकाले अहिले जति पैसा कमाउन सकिन्छ त्यति कमाउ धन्धाँमा लगेको पनि प्रत्यक्षदर्शि जनताको गुनासो गरेको छ। अहिलेको बन तस्करीलाई रोकन सकिएन भने जगल सिध्याउन बेर लागदैन सरोकारवालाको ध्यान पुग्न जरूरी रहेको छ ।