bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वर्तमान अवस्था बारे एक सान्दर्भिक विश्लेषण

कस्तो छ देश हाम्रो, कस्तो छ सरकार ! नेतालाई जनता कति राम्रो, कुर्शी कति प्यारो !

pokhariya Holi Notice
कस्तो छ देश हाम्रो, कस्तो छ सरकार ! नेतालाई जनता कति राम्रो, कुर्शी कति प्यारो !
हाम्रो देश नेपाल कस्तो बिजोगमा परेको छ भन्ने विषयमा समाजसेवी, बुद्धिजीवी र जानकारहरु निकै चिन्तनशील देखिने गरेका छन् । वास्तवमा हाम्रो देशलाई नै केही भएको हो कि जनतालाई, अर्थात देशलाई ग्रह दसा लागेको हो कि जनता लाई भन्ने बुझ्न् गाह्रो भएको कुरामा चेतनशील व्यक्तिहरु साह्रै चिन्तित देखिने गरेका छन् ।
 हाम्रो नेपालमा सर्वसाधारण जनताहरु कसरी जीवनयापन गरिरहेका छन् भन्ने बारेमा हामीले सोंच्न पनि नसकिने जानकारहरुको ठम्याइ छ। साच्चिकै हाम्रो देश् कस्तो दलाल, भ्रष्टाचारी, नश्लवादीको चंगुलमा फसेको छ, त्यो कल्पना गर्न पनि नसकिने अवस्थामा रहेको सर्वसाधारण देखि जानकारहरुको बुझाइ छ। त्यस्तै एक कर्मठ एवं संघर्षशील युवा समाजसेवी बीपिन दासले पनि देश प्रतिको चिन्ता र जनताको मनोदशा आफ्नो समाजिक संजाल फेसबुकवालमा व्यक्त गर्नु भएको छ।

साच्चिकै हाम्रो देशमा हरेक कुराको व्यवस्थापन कस्तो रहेको छ, यस्तो भएको वा गरिएको बारे धेरै प्रश्न उब्जिएको छ र यस बारेमा विभिन्न टिप्पणी गर्दै समाजिक सन्जालमा लेखिएको देखिदैछ। सरकारले सेवा सुबिधाको नाममा गरेको खर्च बारे आफ्नो मनोभावनालाई दासले यहाँ प्रस्तुत गरेका हुन्।

सकियो गरीब सरकारको १३ अरब, तर बिग्रिएको ताल्चा जस्तो बन्द लकडाउन सकिएन!

अरब अरब कै दरमा सुनिन्छ कमिशनको भाग त
तर अरबमै अल्झिएको एउटा ‘धनी’ मजदुरलाई झुपडी फर्काउन सकिएन!

सकिएको त जाबो समृद्द जनताको भरोशा न हो,
लाग्दो हो सरकारलाई राहतको १५ किलो चामल अझै सकिएन!

रेलको डिब्बा भरी-भरी ल्याएर बाड्दापनि सम्वृद्धि खै, चोक चोकको भोक, शोक र रोग हटाउन सकिएन!

फाटेको तन्ना फेर्न नसक्ने जनतालाई फेरिदिए नि नया ‘तन्त्र’
षड्यन्त्र, भ्रस्टाचार र बेथिती चाहिँ फेर्न सकिएन!

‘सर्वहारा’ को सरकार हो कि ‘सर्व आहारा’ गर्ने सरकार
महंगी र बढ्दो ‘कर’ को मार् सकिएन!

कोरोनामा सरकारको व्यबस्थापन विवरण र आफ्नै समाजमा देखिएको को वास्तविकता बिचको अन्तर दृष्टिगत गर्दै उहाँ लेख्नुहुन्छ:

”कोरोना पोजिटिभको एउटा केस खोज्न मात्रै रु.१,०४,६३०/- लगानी गरेको हाम्रो सरकारले केस पहिचान भएको व्यक्तिको व्यवस्थापनमा ३० दिनको थप रु. ४,५०,००० खर्च गर्छ रे । मेरो टोलमा पनि एकै परिवारका ३ जनालाई पोजिटिभ देखिएपछि १० दिनदेखि होम आइसोलेसनमा बस्दै आउनु भएको छ । सरकारले दावी गरेको रकम कसरि खर्च गरेको रहेछ भनि उहाँहरुलाई हेर्न जाँदा ‘यो घर आईसोलेसनमा राखिएको छ’ लेखिएको रु ३०० बराबरको एक थान ब्यानर त देखियो…. बाँकि चाहिँ सरकारलाई नै सोध्न जानु पर्ला !! ”

ब्यबशायीहरुले आफ्नो PCR आफैँ गर्नु भन्ने सरकारको भनाइ प्रति टिप्पणी गर्दै उहाँले लेख्नुभएको छ। ”ब्यबसायीहरुलाई आफ्नो PCR आफैँ गर्न आदेश दिएको छ सरकारले | तर ओम्नी र यती जस्तालाई त छैन होला त्यति आपत्ति तर एउटा सटरमा सिमीत चियापसलमा चियाको रंग घोल्दा-घोल्दै आफ्नै जीवनको रंग फिका हुदै गएको चियापसले पनि त ब्यवसायी नै होइन र?
आज ब्यवसायी, भोलि कर्मचारी, पर्सि सर्बसाधारण, सबैले आफ्नो लागि आफै प्रबन्ध गर्नुपर्ने हो भने पसिना र रगत बगाएर आर्जन गरेको कमाई बाट कर चाहिँ के गाउँ-गाउँ सम्म पुगेको सिंहदरबारको सिंहासन सजाइदिनका लागि मात्र तिर्नुपर्ने हो? कि मौका मिल्नासाथ ढुकुटी बाट खान हुने नहुने सबै खाएर बिग्रिएको महाराजहरुको मुटु कलेजो र मृगौला फेरिदिन मात्र? सरकारको हरेक गतिविधिबारे यसरी आँखा चिम्लिंदा अत्याधिक रूपमा नेपालको ढुकुटी सखाप भैरहेको देखिएकोले दासले सरकार प्रति आक्रोशित हुदै व्यंग्य मिश्रित भावनालाई यसरि लेखेका छन् ´´हामी सम्पूर्ण नेपाली जनता अर्को सरकारी आदेशको पर्खाईमा छौ, छिट्टै आदेश जारी गरियोस् सरकार! सरकार, संसद, प्रतिपक्षमा रहेका सम्पूर्ण पदाधिकारीहरुको PCR का लागि जनताले तुरुन्त आवस्यक व्यवस्था मिलाउन त्यार छ” जय राष्ट्र ! जय मातृभुमी !

अर्को तर्फ हेर्दा स्कुल बन्द छ , फिस चालू छ! ब्यबसाय बन्द छ, ब्याज चालू छ! देश बन्द छ , कर चालू छ! भन्ने सबै खाले कार्यहरू बारे नेता नै अग्रसर भएर कसैले चिन्तन नगरी आफ्नो सवार्थ लिप्त रहेको देखेर नेता लाइ ´´मालामाल छ“ भन्दै दासले चिन्तनशील देखिएका हुन। दासको सुझाव अनुसार साच्चिकै देश भक्त भएको भए केही सपूत नेता भने सरकारको बिरोधाभाष आन्दोलन नै गरेर सरकार लाई ठिक पार्न सकिन्थ्यो तर बिडम्बनाको कुरा छ!! अरुकुराको लागि जनता लाई रोडमा ल्याएर मार्ने कार्य गरि आफ्नो कुर्सी पाए पछि को जनता भन्ने बारे किन अरुकेही सोच्ने कुरा मात्र हेरेको दासको मनोभावना रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer