जनकल्याण बहुउद्देश्यीय सहकारी आ. व २०६६/६७ मा ४७ लाख ४१ हजार ८४ रुपैया २४ पैसा संस्थाले नाफा गरेको छ ।
अनिल पाण्डेय
कलैया बारा
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि ले १५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको प्रमुख अतिथमा कार्यक्रम सुरु भएको थियो । अहिले कोरोनाको महामारी को रुपमा अगडि बढ्कोमा गरेछ सुन्दा मलाई धेरै नै खुशी लगेको गुप्ताले बताए । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल कडेलको सभापतित्वम कार्यक्रम सम्पन्न भएको थियो। वार्षिक प्रतिबेदन संस्थाका प्रबन्धक सतोष यादवले पेश गरेका थिए।आ. व नाफा रु ४७ लाख४१ हजार ८४ रुपैयाँ २४ पैसा संस्थालाई नाफा भएको संस्थाका प्रबन्धक सतोष यादवले प्रतिबेदन सार्बजनिक गरेका थिए । आ. व २०७७/७८ मा नाफा रु ५१ लाख गर्ने लक्ष्य रााखिएको छ । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि ले १५ औ साधारण सभामा वडा सदस्य दुर्गा रिजाल, राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख सुरेश लगे , महिला नेत्री बिधा महर्जन , महिला सराेकार मञ्चकी अध्यक्ष देबि सफाकोट, एकल महिला बाराका काेषाअध्यक्ष मिरा पुरी लगायतले आ आफ्नो मन्तबय राखेका थिए । कार्यक्रमलाई स्वागत मन्तबय संस्थाका उपाअध्यक्ष गणेश प्रसादले राखेका थिए । कार्यक्रमका सहजीकरण संस्थाका सहयाक प्रबन्धक आत्मराम अधिकारीले गर्नु भएको थियोे ।