bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारामा आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार  प्र​तिब​दि पक्राउ

pokhariya Holi Notice

अनिल पाण्डेय

कलैया बारा

बारामा आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार  प्र​तिब​दि पक्राउ गरेको छ। मंगलबार राति बारा परवानीपुर गाउँपालिका १ का  कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको बारा प्रहरी प्र​बक्ता गैतम मिश्रले जानकारी गराउनुभयो।
। केहि दिनअघि महतो नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको सूचनापछि प्रहरीले मंगलबार राति उनको घर घेराउ गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता  गौतम मिश्रले जानकारी दिए । इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय परवानिपुरबाट खटिएको प्रहरी टोलीले महतोलाई पक्राउ गरेको हो। महतोलाई आवश्यक कारबाहीको लागि बारा जिल्ला अदालतमा पठाउने तयारी भइरहेको छ।
महतोसहितका व्यक्तिले परवानीपुर गाँउपालिका ४ मा रहेको इट्टा उद्योगका संचालकलाई केहिदिन पहिला १५ लाख रुपैयाँ फिरौती माग्दै आएका थिए। स्थानीय  प्रमोद साह गोढको समूहले २०७६ कात्तिक ४ गते १५ लाख रुपैयाँ माग्दै नदिए इटा उद्योगमा बम बिस्फोट गराउने साथै सम्पुर्ण परिबारलाई मार्ने धम्की दिएका थिए। फिरौती रकम लिन आएका  प्रमोद साह, देव शंकर राम,  अच्छेलाल गोसाई र दिपेन्र्द कुमार धानुक पक्राउ परेका थिए। पटक–पटक फोन तथा एसएमएसबाट धम्की दिएपछि ३ लाख रुपैयाँ लिएर चैनपुर भन्ने स्थानमा बोलाएको जानकारी प्रहरीले पाएपछि त्यसैदिन अन्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी प्रहरीले अदालतमा बुझाएको थियो। अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय बीरगन्जमा पठाएको छ। भाग्दै आएको महतो भने एक वर्षपछि पक्राउ परेका हुन। पक्राउ परेका महतोलाई जिल्ला अदालतमा पेस गर्ने जानकारि पनि प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer