bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

राजधानीलाई दाङ सार्ने प्रस्ताव बिरुद्धको आन्दोलन कार्यक्रम परिमार्जन

pokhariya Holi Notice

राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको कार्यक्रम परिमार्जन
असौज १९
बुटवल ।

बुटवलमा रहेको अस्थायी प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको घोषणा गरेका पेशागत सञ्जालले लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै संसदभवन घेराउमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

सञ्जालले साबिक लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्दको आह्वान गर्दै संसदभवन घेराउको कार्यक्रम तय गरेको थियो । सवारी साधनहरु पनि बन्द गर्दा आन्दोलनमा आउन चाहनेहरुले पनि एक्यबद्धता जनाउन नपाएको गुनासो आएपछि आन्दोलनको कार्यक्रम परिर्वत गरिएको सञ्जालका संयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

सञ्जालका अर्का सदस्य पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले रुपन्देही बाहेकका जिल्लाबाट पनि प्रदेशको राजधानीका लागि आउन चाहने नागरिकलाई सहज बनाउन प्रकृति परिवर्तन गरिएको बताए ।

उद्योग कल कारखाना भने बन्द गरेर सडकमा उपस्थित हुन सञ्जालले आम नागरिकलाई आग्रह गरेको छ ।
प्रदेश सरकारले संसदमा पेश गरेको प्रदेश राजधानी दाङको भालुवाङ क्षेत्रमा लैजाने प्रस्ताव उपर आज प्रदेश संसदमा छलफलको कार्यक्रम रहेको छ । संसदमा आजै मतदान गर्ने चर्चा चलेपनि छलफल सुरुभएको १८ घण्टा पुरा नहुँदा सम्म मतदानमा लैजान नमिल्ने संसदिय परम्परा रहेका कारण आज मतदान हुने सम्भावना न्युन रहेको प्रदेशसभा श्रोतले उल्लेख गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer