bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जना नेपालमा कोरोना सङ्क्रमण पुष्टि, सङ्ख्या ९० हजार नाघ्यो

pokhariya Holi Notice
दिपेन्द्र साह, पर्सा।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५१ जनामा सङ्क्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार ८ सय १४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन्। यता पर्सा र बारा गरी पछिल्लो २४ घण्टामा १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। भने अब नेपालमा २२ हजार ७ सय ९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्।
यस्तै ४ हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लोे २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer