विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको उद्घटना तथा रक्तदान कार्यक्रम

1,493

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

उमेश कुशवाहा, बीरगंज, पर्सा।

Thank you for reading this post, don't forget to subscribe!

न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको बहुदरमाई नगरपालिका -७ छपकैया राम जानकी मन्दिरको प्राँगनामा शनिबार भब्यताका साथ उद्घटना भएको। त्यस्तै न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम तथा हिन्दूहरुको महान चाडपर्व दशै, शुभ, दीपावली तथा छठको शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।

प्रमुख अतिथी बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साह रहनु भएको थियो। प्रमुख अतिथि बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र प्रसाद साहले फीता तथा मैनबती बाली क्लब उद्घटनाको गर्नु भएको थियो। NGO Cc का अध्यक्ष इब्राहिम देवानले समाज बनाउन एक जुट हुनु पर्ने, बिकास बजेटबाट मात्रा मठ मन्दिर, महजिद, बाटोमा खर्च नगरी बिद्यालयलाई ब्यवस्थित बनाउने, खेलकूदमा आफ्नो मतब्य ब्यक्त गर्नु भएको थियो।

न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबका अध्यक्ष सीकेन्द्र पटेलले यस क्लबलाई आगाडी बढाउन म साधारण सदस्य हु, यसमा मेरो भूमिका केहि छैन मेरो काम केहि छैन, यो कुरा नसोचि म यस क्लबका अध्यक्ष नै हु मानी एक जुटभई मिलीजुली क्लबलाई आगाडी बढाउ, क्लबका तथा नगरबासीलाई सहयोग गर्न अनुरोध गर्नु भएको थियो। स्वास्थ्य संयोजक हरिन्द्र कुशवाहाले अहिले विश्वनै कोरोनाको मारमा परेको छ, सरसफाईमा ध्यान पुर्याउन आग्रह गर्नु भएको थियो।

devatal gapa

त्यसै बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले दशैको शुभकामना दिदै बहुदरमाई नगरपालिकाले  नगरबासी लाई रगत आवश्कता परेमा फ्रीमा रगत उपलब्ध गराउन जोड़ दिनु भयो र यस क्लबलाई सहयोग गर्न म पछाडि नहटने भन्दै आफ्नो मन्तब्य टूङ्गयाउनु भयो।

यही क्लब द्वारा बहुदरमाई-७ छपकैयाको राम जानकी मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १ महिला सहित २० जनाले रक्तदान समेत गरेका थिए। न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको अध्यक्ष सीकेन्द्र पटेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा क्लबका सदस्य सन्तोष कुशवाहाले रक्तदान गरी शुभ आरम्भ गर्नु भएको थियो। रक्तदान गर्नु हुनेमा मिना देबि, गोखुल पटेल, अदिप महतो, निरन्जन यादव, संतोष कुशवाहा, रामतुलाह हवारी, बिकी कुशवाहा, मुना पटेल, राजू पटेल, सरोज पटेल, इमाम मिया, ब्रीजित पटेल, उमेश महतो, रमेश कुशवाहा, जितेन्द्र पटेल, राजू प्रसाद यादव, आजाद मिया, आयुष यादव, अनिल यादव, दीपेंद्र कुशवाहा लगायतकाले रक्तदान गरेका थिए ।

त्यसै गरि युवानेता अजय पटेल,नेपाली कांग्रेसका क्षेत्रीय सदस्य जोगिन्द्र यादव, ngo cc का अध्यक्ष इब्राहिम देवान,वडा ७का सदस्य महन्थ राउत,कूदीस देवान,जिबिस पूर्ब इलाका सदस्य ध्रुप कुशवाहा ,प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक हृदयनारायन पटेल,प्रहरी जवान मोहन चौरसिया,रामनाथ पंडित,इमाम मिया, साबिर अहमद, नुरूलक, रामयन पटेल, र न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबका उपाध्यक्ष गोखुल पटेल, अनदीप महतो, निरन्जन यादव, अनिल यादव, सरोज पटेल, संतोष कुशवाहा, दीपेंद्र कुशवाहा, राजू पटेल, रमेश कुशवाहा, बिक्की कुशवाहा, मुना पटेल, मनोज पटेल, आयुष यादव, संतोष यादव, उमेश महतो, राजेश पटेल, रंमतुलाह, नीरज, राजकुमार, आजाद, दवेंद्र,दिनेश, लगायतकाको सहभागीता लगायत हिमालयन दृस्टिका पत्रकार उमेश कुशवाहा,रेडियो तराईका मुना ठाकुर, एन के एन नेपाल टेलिभिजनका आदित्य मिश्राको सहभागिता रहेको थियो।

 

 

 

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.