Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

कलैया उपमाहानगरपालिकामाथि सुचना आयोगमा उजुरी

प्रशौनी छठ ०२२
0 645
cin bigyapan
फेटा छठ ०२२

कलैया उपमाहानगरपालिकामाथि सुचना आयोगमा उजुरी

पचरौता छठ ०२२
cin bigyapan
अनिल पाण्डेय
कलैया बारा
कलैया उपमाहानगरपालिकामा हिजो सुचनाको हक सम्बन्धि निबेदन दर्ता गराउन जादा नगरपालिकाको कार्यालय प्र​मुख​ प्र​हलाद प्र​साद बर्णवाल र प्र​तिनिधि सभासद रामबाबु यादवको स्वकिय सचिव कमलेश मण्डलले सुचनाको हक सम्बन्धि निबेदनमा रु १० हुलाक टिकट टाँस गर्नै पर्ने अडान लिएका थिए। मौखिक जति भन्दा पनि उहाँहरु नमानेपछि हुलाकको रु १० को टिकट नगरपालिका कार्यालयनिर नपाएपछि जिल्ला प्र​शासनको गेटबाट रु १५ मा खरिद गरी निबेदनमा टाँस गरेपछिमात्र निबेदन दर्ता न ३१४१ मा दर्ता भएको थियो।
 
 सूचना माग गर्नु मौलिक हक भएकोले मौलिक हक माँग्न पैसा नलाग्ने र पाउँदा मात्र सूचना उत्पादन गर्दा लाग्ने शुल्क कानुनबमोजिम तिर्ने भनेर निवेदनमा नै उल्लेख गरेको र कार्यालय प्र​मुखलाई ऐनमा यस्तो व्यवस्था भएको बारे मौखिक जानकारी गराउँदा पनि कार्यालय प्र​मुखले मान्नु भएन र  बाध्य भएर रु १० को हुलाक टिकट रु १५ मा खरिद गरी टाँस गर्नलगाईएको थियो । त्यसपछि मात्र  निवेदन कार्यालयमा दर्ता भएको थियो ।
 सूचनाको हकसम्बन्धी ऐन २०६४ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ मा भएको व्यवस्था अनुसार कलैया उपमाहानगरपालिका कार्यालयले उल्लंघन गरेको छ । नेपाली नागरिकले मौखिक, टेलिफोन, इमेल लगायत जुनसुकै माध्यमहरुबाट सूचना माँग गरे पनि सूचना उपलब्ध गराउनु सूचना अधिकारी वा कार्यालय प्र​मुख कर्तब्य हो । यसरी सूचना माँगको निवेदन निःशुल्क दिन पाईने व्यवस्था हुँदाहुँदै पनि जवरजस्ती टिकट टाँस्न लगाउनु आफैमा विवादस्पद देखिएको छ । साथै सर्वसाधारणलाई सूचनाको हकबाट बञ्चित गर्ने मन्साय प्रष्ट बुझिएको देखिन्छ ।
 सूचना माग निवेदनमा रु. १० अक्षरेपी दश रुपैया लगायत थप ५ गरी अक्षरेपी पन्द्र रुपैया फिर्ता गराई पाऊँ र सूचनाको हकबाट सर्वसाधारणलाई बञ्चित गर्ने मनसाय राखेका कलैया उपमाहानगरपालिका को कार्यालय प्र​मुख​लाई नियमाअनुसार कार्वाही गराई पाउँ भनी सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ८ को उपदफा ३ बमोजिम राष्ट्रिय सुचना आयोगमा ईमेल मार्फत  उजुरी गरिएको छ र सो को जानकारी कलैया उपमाहानगरपालिकाको कार्यालयको साथै कार्यालय प्र​मुख​लाई पनि ईमेल मार्फत नै  जानकारी गराएको कुरा निबेदकले बताएको छ।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer