Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

बाराको प्रहरी प्रमुख सहित ईप्रका तस्करी गराउनमा सक्रिय रहेकोले झडप

प्रशौनी छठ ०२२
0 577
cin bigyapan
फेटा छठ ०२२

बाराको प्रहरी प्रमुख सहित ईप्रका तस्करी गराउनमा सक्रिय रहेकोले झडप

पचरौता छठ ०२२
अनिल पाण्डेय
कलैया बारा
बाराको कबहि गोढको नाका हुदै दिनहु तस्करीको कपडा , हार्डवेयर , बैट्रि , राँगाभैसि , किराना समान , कस्टमेटिक , मटर तस्करी भईरहेको छ ।
तस्करीको मालसमान कबहि गोढको सन्तगँज नाका , लँगडाटोला नाका , पच्चगछिया नाका,सोलखपुर , र अरु स- सना नाका हुदै दिनहु तस्करी भईरहेको पाईन्छ। रातिको समयमा समय हेरफेर गरी बाईक स्कटिङ्गमा कबहिबाट गँजभवानिपुर सम्म पुर्याउने गरेको श्रोतले जानकारी दिएको छ।
कबहि गोढ नाकाबाट कपडाको तस्करी गर्ने शोहन ,  चन्देश्वर , सोनालाल , खेना  , बिनोद , बिन्दा यादव , श्रीप्रसाद  र ओमप्रकास लगायतको तस्करहरु  छन । मकदम शेख लगायत पशुरामपुर बाट कम्तिमा दसले राँगाभैसि को तस्करहरु छन। प्रभु यादब , शम्भु यादव ,संजय साह र लालप्रसाद लगायतका तस्करहरुले किराना समानको तस्करी गर्छन। मोहमदिन र रामबाबुले मुर्गाको तस्करी गर्छन । तस्करहरु सयको नै  हराहरीमा तस्करीको काम गर्दै गर्दा पनि इप्रकाको  प्रहरी इन्चार्ज लाईनदिनमा नै सक्रियरहेको स्थानियहरु आरोप लगाएका छन।
cin bigyapan
हिजो सोलखपुर नाकामा इप्रकाको प्रहरीले पाँच बजेतिर बाईकसहित तस्करीको समान समाउँदा ईप्रका कबहिगोढका ईन्चार्ज सई बिरेन्द्र गिरीको निर्देशनमा छाडिएको थियो। हिजो राति दस बजे तिर दुई ग्यालन सहित बाईक समाति ईप्रकामा ल्याई पैसाको बार्गेनिङ्ग गरी छाडिएको कुरा स्थानियहरुले गुनासो गरीरहेको छन।
इप्रकाको ईन्चार्ज सई बिरेन्द्र गिरीसँग कुरा गर्दा हिजो बेलुका कुनै समान नमातिएको बरु दुई दिन अगाडि एक बोरा चिनि एस्पि साहेबको निर्देशनमा छाडिएको थियो। र एउटा पाडो सुखिपाथराको मुस्लिमहरुले खानको लागि ल्याएकोले छोडेको कुरा बताउनुभयो।हिजो राति ग्यालनमा डिजल थियो सो छाडिएको पनि सई गिरीले जानकारी गराउनुभएकोछ।
बाराको प्रहरी प्रमुख एस्पि कृष्ण पंगेनिसँग फोनमा कुरा गर्दा तस्करी गराअ भनेर कसैलाई भनेको छैन बरु घर खर्चको लागि ल्याएकोलाई छाड्ने भनेका छौ।हाम्रो केटाहरुले मात्र तस्करीमा सामेल नभई सशस्त्र प्रहरी र हाम्रो केटाले मिलि अलि अलि गराएको होला भनि म बुझ्ने प्रयास गर्नेछु जानकारी पनि प्रहरी प्रमुख पंगेनिले दिनुभएको छ।
तस्करीको बिषयमा इप्रका कबहि गोढका एक जना प्रहरी जवानले एस्पि पंगेनिलाई फोनमा जानकारी गराउदा र स्थानियले पनि पटक पटक जानकारी गराउदा पनि केहि नगर्नु आफैमा शँका उत्पन्न भएको छ भनि स्थानियले गुनासो पोखेकाछन।
कबहिगोढ बाट जिल्ला सम्म पनि जानकारी गराउदा पनि केहि नभएको र ठुलो तस्करलाई बचाउन सानो आलु प्याज ल्याउनेलाई आज इप्रकाले समाति जिल्ला पठाउने उदेश्यले जिल्लाबाट गाडि मँगाई आलुप्याज लोड गरीरहेकोमा स्थानियले बिरोध गरेपछि केहि राउण्ड गोलि पनि प्रहरीले  चलाएको छ। गोलि लागि एक जना स्थानिय घाइते समेत भएको खबर प्राप्त भएको छ।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer