विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

चुनावि महोलमा रङ्दै मठमन्दिर र मस्जिद गुहार्दै कलैयाको नगर प्रमुख र उप प्रमुख

cin bigyapan

चुनावि महोलमा रङ्दै मठमन्दिर र मस्जिद गुहार्दै कलैयाको नगर प्रमुख र उप प्रमुख

Thank you for reading this post, don't forget to subscribe!

अनिल पाण्डेय

कलैया बारा

devatal gapa


देशमा सँघियता लागु भई झन्डै तिन बर्ष बिति सकेको अवस्थामा छ। अबको एक बर्षको बजेट मात्र जनप्रतिनिधिले चलाउन पाउने छ भने अर्को बर्षको बजेट नगरपरिषद गरी छोड्नुपर्ने व्यवस्था रहेको छ।


कलैया उपमाहानगरपालिकाले चालु आर्थिक वर्षको नगरपरिषद गरी नगरपरिषदलाई पुर्णता अहिले सम्म दिईएको छैन । कलैया उपमाहानगरपालिकाको नगरप्रमुख राजेश राय यादव र उपनगरप्रमुख रहिमा खातुनलाई अहिले आएर चुनावि याद आएको छ । नगर परिषदलाई पुर्णता नदिई आ आफ्नो क्षेत्र बनाउन आफु खुसि मठ मन्दिर तथा मस्जिदमा गई अवलोकन गर्ने र योजना छनौट गरि परिषदमा राखने गरेको पाईएको छ ।


नगरपरिषदबाट योजनाहरु छनौट नभएको अवस्थामा मठ मन्दिर तथा मस्जिद अवलोकन गर्दै यसै चालु आर्थिक बर्ष कै बजेटमा मर्मत गर्ने तथा निर्माण गर्ने झुटा आश्वासन बाड्दै गरेको भनि कलैया उपमाहानगरपालिका वडा नम्बर १३ का रामानन्द यादवले गुनासो गरेका छन ।


चुनाव बिति सकेपछि नगरप्रमुख तथा उपप्रमुख लाई जनतो दुःख दर्द सम्झना नआएको र अहिले बिना योजनाको अवलोकन गर्ने र झुठो आश्वासन दिनमा ब्यस्त रहने गरेको कलैया उपमाहानगरपालिका वडा नम्बर २७ का बिजय गिरीले जानकारी गराएका छन। चुनाव बितेको समयदेखि नै बिकास भएको भए आज हाम्रो कलैया उपमाहानगरपालिका नमुना हुने थियो । तर सबै बजेट कमिसन तथा कार्यकार्ताको भरमा खर्च गर्ने र अहिले यो बिकास गर्ने त्यो बिकास गर्ने गफ जस्तै लाग्ने पनि गिरीले बताएका छन। कलैया बजारको वरिपरि गरिएको विकास निर्माणले प्रष्ट परेको मुख्य प्रमाण जनताहरूले देखे कै छन ।

baragadhi
Karaiya Mai

Comments are closed.