विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

वीरगंज लिंकरोडका स्थानीय बासिन्दाको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न

cin bigyapan

वीरगञ्ज १९ कार्तिक

Thank you for reading this post, don't forget to subscribe!

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडका स्थानीय व्यावसायीहरु सरसफाईका लागि जागरुक भएका छन् । महानगरमा जताततै फोहोर थुप्रिनुमा स्थानीय घरधनी र व्यापार व्यावसायमा लाग्नेहरु नै मुख्य जिम्मेवार देखिएकोले लिंकरोड क्षेत्रलाई सफा राख्न महानगरपालिकाका सरसफाईकर्मीहरुलाई लिंकरोडका स्थानीय व्यावसायीहरुले सहयोग गरेका छन् । वीरगन्जको घण्टाघरदेखि बसपार्कसम्म सडकको दुवैतर्फ घर तथा सटर पसल हुनेहरुले दिनहुँ सरसफाई गर्न शुरु गरेका छन् ।

devatal gapa

आज बिहानै महानगरपालिकाको सरसफाई कर्मचारीहरुको सहयोगमा सडकको छेउछाउमा फालिएका इट्टा, ढुंगा, बालुवा लगायत अन्य कवाडी सामानहरु हटाएर पानीले सफा गरेका छन् । महानगरपालिकाको हरेक टोलमा टोल विकास संस्था गठन गरेर सरसफाई व्यावस्थापन शुरु गरिएको र त्यही अवधारणामा वीरगन्जको घण्टाघरदेखि बसपार्कसम्म रहेका घरधनी तथा सटर पसलका व्यापारी र होटल व्यावसायीहरुले सरसफाई गर्न शुरु गरेको होटल संघ पर्साका महासचिव तवरेज आलमले जानकारी दिनुभयो ।

वीरगन्जको बसपार्कचोकदेखि घण्टाघरचोकसम्म सफा राख्न सबै घरधनी, सटर पसलका व्यापारी र होटल व्यावसायीहरुले चासो देखाएको उहाँले बताउनुभयो । लिंकरोड क्षेत्रलाई सफा गरेर आदर्शनगरको ग्रिनसिटी जस्तै बनाईने अभियान शुरु गरिएको आलमको भनाई छ । लिंकरोडमा बस्ने र पसल रहेका व्यापारीहरुलाई बीच सडकको डिभाईडरमा जथाभावी फोहोर नफाल्न र घर पसलबाट निस्किएका फोहोरहरु व्यवस्थित गर्न सहयोग गर्न महानगरपालिकाका सरसफाई कर्मचारीहरुले पनि आग्रह गरेका छन् ।

baragadhi
Karaiya Mai

Comments are closed.