Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

प्रतिनिधि सभा र प्रदेश सभाद्वारा सँयुक्तरुपमा बिकासकोषको प्रगतिबिवरण सार्वजनिक

प्रशौनी छठ ०२२
0 796
cin bigyapan
फेटा छठ ०२२

प्रतिनिधि सभा र प्रदेश सभाद्वारा सँयुक्तरुपमा बिकासकोषको प्रगतिबिवरण सार्वजनिक

पचरौता छठ ०२२
अनिल पाण्डेय
कलैया बारा
बाराबाट निर्वाचित चार वटा प्रतिनिधि सभा सदस्य र बाह्र व‌टा प्रदेश सभा सदस्य रहेका छन। प्रदेश सभा सदस्यलाई बिकास कोष मार्फत बार्षिक छव करोड र प्रत्यक्ष प्रदेश सभालाई बार्षिक तिन करोड तथा समानुपातिक प्रदेश सभासदलाई बार्षिक एक करोड बिकास कोष प्रदान गर्दै आएको छ।
चार वटा प्रतिनिधि सभासद र बाह्र वटा प्रदेश सभासद रहेको बारा जिल्लामा सबै मान्नियहरु लुकिछिपि आ आफ्नो बिकास कोष समाप्त पारेका छन भने त्यहि बिच बाराको क्षेत्र नम्बर तिन बाट निर्वाचित प्रतिनिधि सभासद रामबाबु यादवले आफ्नो आर्थिक बर्ष २०७५/२०७६ र २०७६/२०७७ को बिकास कोषको खर्च तथा बिकासको काम पत्रकार सम्मेलन गरी सार्बजनिक गरेका छन।
cin bigyapan
बाराको क्षेत्र नम्बर ३ मा जितपुर सिमरा उपमाहानगरपालिका को आठ वटा वडा , फेटा गाउँपालिका तिन वटा वडा र कलैया उपमाहानगर पालिकाको छबिस वटा वडा सामेल रहेको छ। ति वडा हरुमा स साना धेरै गाउँ रहेकाले बिकास कोष कम भएकाले सबैमा त होईन बरु सबै समेट्ने प्रयास गरेका छौ।  हामिलाई केहि गर्न छुट दिईएको छैन। कुनै पनि बिकास गर्न सम्बन्धित स्थानिय तहसँग समन्वय गर्नुपर्छ र योजना छनौट गरी अनुगमन गर्ने मात्र जिम्मा दिईएको छ। त्यसैले कोभिड-19 को बेला जनताको दुःख देखेर पनि केहि गर्न नसकि आफ्नो प्रशासनिक खर्चको रु एक लाख र ब्यक्तिगत लगानि रु एक लाख गरी जम्मा दुई लाखको राहत समाग्रि खरिद गरी प्रदेश सभासद पारस साहसँग समन्वय गरी बाडिएको कुरा पनि क्षेत्र नम्बर ३ को प्रतिनिधि सभासद यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
सोहि पत्रकार सम्मेलनमा बारा क्षेत्र नम्बर ३ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभासद पारस साहले आफ्नो बिकास कोषको रु तिन करोडको बिकास काम सहितको प्रगतिबिवरण सार्वजनिक गर्नु भएको छ। साथै जनतासँग आफुले गरेको बिकास कामको अनुगमन तथा निरीक्षण समेत गर्न आग्रह गरेका छन। पत्रकार मित्रसँग पनि अनुगमन गरी जनता समक्ष राम्रो र नराम्रो बिकास भएको तथा के कति कमि कमजोरी भएकोलाई पनि सार्बजनिक गर्न आग्रह गर्नु भएको छ। साथै एक जना पत्रकार अनिल पाण्डेयसँग बिकासको बजेटमा कति कमिसन हो भनि भएको कुरालाई पनि आफु कुनै कमिसनमा काम नगरेको बरु जनताको पैसा भएकोले राम्रो काम गर्ने र त्यो कमिसन मैले नलिएको हो। हाम्रो प्रशासनिक खर्च रु पाँच लाख भएको कुरा पनि प्रष्ट पार्नु भएको थियो।
पत्रकार सम्मेलनको सँचालन प्रतिनिधि सभासद रामबाबु यादवको स्वकिय सचिव कमलेश मण्डलले गर्नु भएको थियो भने कार्यक्रमको सभापति जसपाको प्रदेश कमिटी सुशिल यादवले गर्नु भएको थियो। कार्यक्रममा जसपाको केन्द्रिय सदस्य प्रकास चौलागाई , प्रमोद गुप्ता , पिंकि यादव , युवा सँघ जिल्ला अध्यक्ष सुजित पाण्डेय लगायत नेताहरुको उपस्थिति रहेको थियो।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer