विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न

1,001

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

मानिकचन साह

Thank you for reading this post, don't forget to subscribe!

बारा, २२ कार्तिक ।

बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सत्येन्द्र ठाकुरले गर्नुभएको थियो । अध्यक्ष ठाकुरले  ७ वटा मैनबत्ती बालि उद्घाटन गर्नुभएको हो ।

devatal gapa

आर्थिक बर्ष २०७६।०७७ मा संस्थाले २ सय १० शेयर सदस्यहरु बीच करिब १ करोड रुपैयाको कारोबार गरेको छ । संस्थाको कुल पुँजी १ लाख ६ हजार ७ सय ६९ रुपैया रहेको छ भने निक्षेप बचत ६९ लाख ७५ हजार ५ सय ८४ रुपैया रहेको छ । सहकारीले आर्थिक बर्षमा १५ लाख २२ हजार ९ सय ४० रुपैया नाफा आर्जन गरेको संस्थाका ब्यवस्थापक शम्भुनाथ महतो कोइरीले जानकारी दिनुभयो ।

साधारण सभामा संस्थाका लेखा संयोजक मानिकचन साहले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीको बिगतको कार्यको समिक्षा गर्दै र भावी रणनितीको बिषयमा जानकारी दिनुभयो । शेयर सदस्यहरुलाई संस्थाले ३ प्रतिशत लाभाँस बितरण गर्ने लेखा संयोजक साहले बताउँनुभयो ।

मिरमिरे साकोसका अध्यक्ष झकड महतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्बय संस्थाको सचिव बिजय कुमार पटेलले राख्नुभएको थियो । वहांले संस्थाको आर्थिक र दुर्बल पक्षको चर्चा गर्दै कारोबार बढाउने बिभिन्न आयामको बिषयमा सहभागिहरुलाई जानकारी दिनुभएको थियो । कर्यक्रममा ओम साकोसका अध्यक्ष अमिचन महतो, जनस्वास्थ्यका कर्मचारी रिसिदेव साह कानु, लेखापरीक्षक  शशिभुषण चौधरी, समाजसेवी काशिनाथ साह लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.