ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको
अनिल पाण्डेय
कलैया बारा
बुवाले चलाएको मोटरसाईलको पछाडी बसेकी १७ बर्षिय छोरीको ट्रकको ठक्करबाट आज ज्यान गएको छ । कलैया बरियारपुर सडक खण्डको कलैया उपमहानगरपालिका ४ मैदामिल नजिकै दुर्घटना हुँदा पचरौता नगरपालिका ८ बस्ने प्रेम नारायण चौधरीको छोरी गान्धी कुमारी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
सदरमुकाम कलैयाबाट महागढिमाई नगरपालिकाको बरियारपुर तर्फ जाँदैगरेको प्रदेश नम्बर २–०३–००६ प.९३८५ नम्बरको मोटरसाईकललाई सो दिशा तर्फ जाँदै गरेको ना ४ ख २९२३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।
ट्रकको ठक्करसँगै मोटरसाईकल सहित बाबुछोरी सडकमा पछारिएका थिए । सोही क्रममा दुबैजना गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागेको अवस्थामा नेस्नल मेडिकल कलेज शिक्षण अस्पताल विरगजं पुर्याईएकोमा उपचारका क्रममा ति किशोरीको ज्यान गएको हो ।
मृतकका बाबुको हात र खुट्टामा चोट लागेको थियो । प्राथमिक उपचारपछी आजै डिस्चार्ज भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएकाछन ।