Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

आदर्श कोतवाल गा पाबाट प्रहरी उपरीक्षक पगेनिको बिदाई

प्रशौनी छठ ०२२
0 654
cin bigyapan
फेटा छठ ०२२
आदर्श कोतवाल गा पाबाट प्रहरी उपरीक्षक पगेनिको बिदाई
पचरौता छठ ०२२

सबिर आलम बारा २५ गते

आज आदर्श कोतवाल गाउँपालिकामा एक कार्यक्रमकोआयोजना गरी जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी  लाई बिदाई गरिएको छ। आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी को प्रमुख अथितिवमा बिदाई कार्यक्रम सम्पन्न भएको हो।
cin bigyapan
 बिदाई कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका  उप-प्रमुख पुनम देवी साहले जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कृष्ण पगेनी एक जिल्लाबाट अर्को जिल्लामा गए पनि राम्रोसँग काम गर्नुहुनेछ भनि  अग्रीम बधाई दिनु भएकोछ।  प्रमुख अतिथि  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले यहाँ काम गर्दा काला बजारी नियन्त्रण ,विभिन्न फरार प्रतिवादीहरु पक्राउ ,तस्करी नियन्त्रण, जिल्ला प्रहरी कार्यालयमा सर्बसधारणको पनि समस्या सुनि समाधान गर्ने प्रयास गरेकाछौ। मलाई सबैको सहयोग पाएको हो। जिल्ला प्रहरीमा,थानामा,प्रहरी चौकीमा मान्छे समस्या परेर जान्छ त्यति खेर हामी शासक होईनौ हामी प्रशासक हौ जनताको काम गर्ने हाम्रो कर्तव्य हो भने कुरा बुझेपछि नै धेरै समस्या समाधान हुन्छ। मैले यो जिल्लामा कुनै पनि राजनैतिक हिसाबले आग्रह ,पुर्वाग्रह नराखी काम गरेका छु । त्यस्तै आदर्श कोतवाल गाउँपालिकाबाट पनि विभिन्न काममा सहकार्य र सहजीकरण भएको छ। त्यसको लागि आदर्श कोतवाल गाउँपालिका बासी प्रति कृतज्ञ्य व्यक्त पनि प्रहरी उपरीक्षक पगेनिले गरेका छन्।
 आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीले विगतको ११महिनामा बारा र रौतहटको सिमा ,जग्गा विवादमा प्रहरी उपरीक्षक  पगेनीले निष्पक्ष रूपमा भुमिका निर्वाह गरी समस्यालाई समाधान गर्नमा सहयोग पुर्याउनु भएको र कोरोना  को समयमा अरु जिल्ला भन्दा बारा जिल्लामा आफ्नो अहम भुमिका निर्वाहगरी ठुलो छ्त्तीबाट बचाउनु भएकोले आफ्नो तर्फबाट र आदर्श कोतवाल गाउँपालिकाको तर्फबाट बधाई दिनु भएको छ । साथै वहाँको अपराध महाशाखा काठमाडौमा बस्दाको क्षण राम्रो होस भन्दै वहाँलाई मायाको चिनो हस्तान्तरण तथा दोसाला ओढाई बिदाई गरिएको छ।
उक्त  कार्यक्रममा विशिष्ट अतिथि आदर्श कोतवाल गाउँपालिका उप- प्रमुख पुनम देवी साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नयब उपरीक्षक गौतम मिश्र ,अतिथिमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रमुख सरोज कुमार गुप्ता, गाउँपालिका वाडा अध्यक्षहरु,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह, पशु सेवा प्रमुख नथु सहनी,जिन्सी शाखा प्रमुख रामबाबु पाल,युवा नेता रुपेन्द्र कुश्वाहा,सतेन्द्र प्रसाद गुप्ता,सुनिल प्रसाद कुश्वाहा,सिकिन्द्र प्रसाद साह,प्रेमलाल यादव ,समाज सेवी प्रकाश प्रसाद साह लगायत भद्र्भलादमीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सँचालन रामाकान्त साहले गरेका थिए ।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer