९ के.जी लागु औषध चरेस सहित मानिस पक्राउ

९ के.जी लागु औषध चरेस सहित मानिस पक्राउ
अनिल पाण्डेय
बिरगँज पर्सा


बिशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय पर्साले ९ के.जी.२० ग्राम लागु औषध चरेस सहित एक जना मानिस पक्राउ गरीएको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दिएका छन।
जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने उद्देश्यले घरमा लुकाई छिपाई राखेको छ अवस्थामा फेला पारीएको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मुसलीम देवानको घरको खानतलासी गर्दा घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा लागु औषध चरेश ९ के.जी.२० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम साथै चरेश पेल्ने मेसिन ३ थान फेला परेको थियो।
मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन।

Comments are closed.