विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

पचरौता नगरपालिकामा ऐेन नियम विपरीत शिक्षक सरुवा सहमति 

cin bigyapan

पचरौता नगरपालिकामा ऐेन नियम विपरीत शिक्षक सरुवा सहमति 

Thank you for reading this post, don't forget to subscribe!
अनिल पाण्डेय
कलैया बारा
शिक्षा ऐनमा शिक्षक सरुवा सहमति  तथा करार शिक्षक नियुक्तिको लागि बिधालय ब्यवस्थापन समितिको निर्णय आवश्यक गर्नुपर्ने ब्यवस्था गरेको छ। सामुदायिक बिद्यालयहरुमा बिधालय ब्यवस्थापन समिती गठन गराउने सम्पुर्ण जिम्मेवारी अब स्थानिय तहलाई दिईएको जानकारी नै छ।
devatal gapa
बाराको पचरौता नगरपालिकामा शिक्षा ऐन मिची १६ वटा जिल्लान्तर सरुवा सहमति दिई ६ वटा शिक्षकलाई सरुवा पनि गराईसकेको अवस्था छ। बाकि शिक्षकहरुको हकमा शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरको चलानि न. ८० मिती २०७७/०९/२० गतेको पत्रबाट रोक्का गरिएको थियो। तर हिजोबाट फुकुवा भएको छ। उहाँहरुको प्रक्रिया पनि सुरु हुनेछ।
नगरपालिकाको निमित्त कार्यकारी प्रमुख बिदामा गएको बेला कार्यबाहकको अधिकार दिईएको शिक्षक सँयोजक प्रमोद यादवसँग प्रतिक्रिया लिन खोज्दा तपाईले कलम चलई सक्नु भएको छ। तपाईको टाउको दुखाई किन भईरहेको छ। बिभागले कार्वाही गर्छ कि के गर्छ ? बिना अधारको समाचार लेख्नु भएको बताउनुभएको छ।
बिदामा गएको नगरपालिकाका निमित्त कार्यकारी  प्रमुख श्याम प्रसाद यादवसँग प्रतिक्रिया लिदा बिधालयको स्टाफ निर्णय र नगर शिक्षा समितिबाट आएको निर्णयको अधारमा शिक्षक सरुवा सहमति दिईएको हो भनि जानकारी गराउनु भयो।
नगरपालिकाको नगरप्रमुख नै शिक्षा समितिका संयोजक हुने भएकाले नगरप्रमुख रमेश प्रसाद यादवसँग प्रतिक्रिया लिँदा ऐेन राम्रोसँग अध्यन गर्नु। बिधालयबाट स्टाफ निर्णय भई शिक्षक माँग भएको अवस्थामा र शिक्षा ऐेनमा बिधालय ब्यवस्थापन समितीको निर्णय तथा बिधालय स्टाफको निर्णयको प्रष्ट व्यवस्था भएको अधारमा सरुवा सहमति दिने निर्णय गरिएको हो।
जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई बाराका निमित ईकाई प्रमुख बृजकिशोर साहसँग कुरा गर्दा शिक्षा ऐनमा प्रष्ट उल्लेख गरीएको छ। बिना बिधालय ब्यवस्थापन समितीको निर्णयले केहि गर्न नसकिने तर अहिले देशमा तिन तहको सरकार भएकाले स्थानिय सरकारले नियम कानुन मिचि सरुवा सहमति दिई शिक्षक माँग गरेकाले शिक्षक सरुवा गरिएको हो। स्थानिय सरकारलाई सामुदायिक बिद्यालयहरुमा बिधालय ब्यवस्थापन समिती गठन गराउने जिम्मेवारी दिईएको छ।
baragadhi
Karaiya Mai

Comments are closed.