CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
देवताल गाउपालिका सामाजिक शंदेश

निश्पक्ष पत्रकारिताले समाज परिवर्तन  हुने: प्रमुख अतिथि कानु

0 364
Bara Gadhi Notice winter
निश्पक्ष पत्रकारिताले समाज परिवर्तन  हुने: प्रमुख अतिथि कानु
अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा

प्रमुख अथिति महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन  हुने बताउनु भएको छ ।  कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार उदघाटन गर्दै नगर उपप्रमुख कानुले पत्रकार सम्पुर्ण जातिको  भएकोले  पिछिडिएको समाजको सहि दिशा निर्देशमा पत्रकार जगतको भुमिका रहेको बताईन ।

Karaiya Mai Notice Winter
कानु पत्रकार संघ बाराको गठन भएपछि  कानु समाजको उत्थानमा पत्रकार  जगतले सहयोग गर्न आग्रह गरिन ।  बाराको कलैया  स्थित होटेल करण राज पैलेसमा आयोजित कानु पत्रकार संघ बाराको सपथ ग्रहण  कार्यक्रमलाई  सम्बोधन गर्दै प्रदेश न २ को प्रदेश सभा सदस्य  एवं जनता आवास कार्यक्रम  रौतहटको संयोजक बाबुलाल साह कानुले  पिछडिएका  कानु जातिको उत्थानमा  पत्रकारले कलम चलाउन आग्रह  गर्नु भयो ।
 कानु पत्रकार संघ बाराको गठन भएकोमा आफू धेरै खुशी भएको साथै कार्यलय संचालनको लागि चाहिने आवश्यक  सामग्रीहरु आफुले सहयोग गर्ने प्रतिबद्धता समेत साह कानुले गरेका थिए।  कानु कान्दु ,हलौवाई सबैलाई गोलबध गरि एकजुट बनाउनु पर्नेमा जोड दिनु भयो ।  कानु समाज पहिला भन्दा अहिलेको समयमा  शिक्षामा अगाडि  बढेकोले  धन्यवाद दिदै   अझै  समुचित  भइ अगाडि  बढन  आग्रह  गर्नु भएको थियो ।  दहेज प्रथा अन्त्यको लागि  छोरीलाई उच्च  शिक्षा दिनु पर्नेमा प्रदेश सभासद साह कानुले जोड दिनु भएको थियो ।
 सो कार्यक्रमलाई सम्बोधन गर्दै  बाराको प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र  पौडेलले पत्रकारिता क्षेत्रको बिकासले समाजमा नयाँ  जनशक्ति  र समाज सुधार हुने बताउनु भयो ।  कानु पत्रकार  संघ बाराको  अध्यक्ष  अजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल  पत्रकार  महासंघ प्रदेश न २ को सचिव गुरुप्रसाद गौतम , वरिष्ठ  पत्रकार  गोकुल घोरसाईने , पुर्व उपाध्यक्ष  राकेश पान्डे , रेशम तिवारी , कानु समाज बाराको अध्यक्ष  ओमप्रकाश साह कानु , उपाध्यक्ष  हरिनारायण साह , रबिन्द्र साह , भूषण गुप्ता ,  नागरिक समाज बाराको अध्यक्ष  उमेशलाल दास  ,उधोग बाणिज्य संघ बाराको महासचिव  राम असिस साह कानु लगायतले  शुभकामना  मन्तव्य  व्यक्त  गर्नु भएको थियो ।  सो अवसरमा  कानु पत्रकार संघ बारामा आवद्ध  सम्पुर्ण  पदाधिकारीहरुलाई  प्रमुख  अतिथी तारा देबि कानुले  सपथ ग्रहण  गराउनु भएको थियो ।
  कानु पत्रकार संघ बाराको अध्यक्ष  अजय साहले प्रमुख  अतिथि  तारा देबि कानुलाई  गणिनाथ महराज अंकित  मायाको चिनो  प्रदान गर्नु भएको थियो ।  कानु पत्रकार संघ बाराको सपथ ग्रहण  कार्यक्रममा  बारा , पर्सा ,रौतहटका स्वजातिय ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको  संचालन  कानु पत्रकार संघ बाराको उपाध्यक्ष  नरेश गुप्ता  र स्वागत मन्तव्य  संघको सचिव श्री कान्त गुप्ताले गर्नु भएको थियो ।
Baiju sah
Leave A Reply

Your email address will not be published.