वीरगंज ।। राजपा नेपाल निकट भातृसंगठन राष्ट्रिय विधार्थी संघले चक्रपात भुमरिमा परि क्षतिग्रस्त घरपरिवारलाई आज त्रिपाल वितरण गरेको छ । हावाहुरी क्षतिग्रस्त क्षेत्र बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा ५० घरपरिवारलाई त्रिपाल वितरण गरेको हो ।
राहत वितरण टोलीमा राजपा नेपालको महासचिव राजेश मान सिंह , मुस्लिम विभाग प्रमुख खैरूद्दीन मियाँ , राष्ट्रिय पत्रकार संघको अध्यक्ष बिरेन्द्र साह , युवा नेताहरू लियाकत अली , अफरोज आलम , विष्णु पटेल , संजीव यादव , विधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसूदन चौरसिया , ठाकुर क्याम्पसका अध्यक्ष अमित यादव , सचिव सगिर अली , अफरोज आलम लगायतका उपस्थिति रहेको थियो ।