राष्ट्रिय हातिपाईले रोग निवारण सम्बन्धी १ दिने अन्तरक्रिया सम्पन्न
रमेश साह
कलैया बारा
राष्ट्रिय हातिपाईले रोग निवारण सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम कलैयाको एभरेष्ट गेष्ट हाउसमा समपन्न भएको छ । स्वास्थ कार्यलय बाराको आयोजनामा आम औषधि सेवन अभियान सफल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रदेश न २ को आठ वटा जिल्ला हरु मध्ये हातिपाईलेको संक्रमित बारामा १२ वटा फेला परेपछि पुन : हातिपाले रोग निवारण सम्बन्धि आम औषधि सेवन अभियान चैत्र २० गते देखि शुरु गर्न लागेको अन्तरक्रिया कार्यक्रममा जानकारी गराईएको थियो । बाराको वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठले हातिपाईले रोग निवारणको लागि आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन दुई बर्ष माथिको सबैले औषधि सेवन गर्न आग्रह गर्नु भयो ।
स्वास्थ कार्यलय बाराको प्रमुख रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अमजद अलि मिकरानिले सहजीकरण गरेका थिए । चैत्र २० गते देखि देशको १२ वटा जिल्ला झापा ,धनकुटा , मोरङ्ग ,बारा लगायतको जिल्लामा अभियान शुरु गर्न लागिएको वहाँले जानकारी दिएका थिए । क्युलेक्स जातको लामखुट्टेको टोकाई बाट सर्ने यसको परिजिवी मानव शरीरमा २० बर्ष सम्म बांच्न सक्ने भएकोले दुई बर्ष मुनिको बाहेक गर्भवती ,अति सिकिस्त बिरामि , ह्र्दघात भएको रोगी ,सात दिनको सुत्केरीले औषधि सेवन नग्रन आग्रह गर्नु भएको थियो ।
हातिपाईले रोगको संमहागढीनगरपालिकामा १२ जना सक्रमित फेला परेपछि बारामा पुनः आम औषधि सेवन अभियान शुरु गर्न लागिएको स्वास्थ कार्यलय बाराको शंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो । राष्ट्रिय हातिपाईले रोग निवारणको लागू आम औषधि सेवन अभियान सफल बनाउन पालिका स्तरीय हरेक वडामा दुई जना स्वास्थक्रमी र एक जना महिला स्यमसेवकलाई खटाईएको र चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने कार्यक्रम संयोजक अमजद अलि मिकरानिले बताउनु भयो । कार्यक्रममा बाराली पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।