विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारसँग  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

269

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारसँग  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Thank you for reading this post, don't forget to subscribe!

अनिल पाण्डेय

कलैया बारा

devatal gapa

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम कलैयामा समपन्न भएको छ । दलित जनजाति उत्थान केन्द्र कलैया बाराको आयोजना तथा सामी परियोजनाको सहकार्यमा सुरक्षित अप्रवासन परियोजना अन्तर्गत कलैया उपमहानगरपालिकामा शुक्रवार सुरक्षित वैदेशिक रोजगारी समबन्धी एक दिने संचारक्रमी संगको अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो ।

 

सामी परियोजनाले बाराको चार वटा स्थानीय तह कलैया उपमहानगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका , बारागढी , सिम्रौनगढ नगरपालिकामा बि स २०७६ साल फाल्गुन एक गते देखि स्थानीय तहमा कार्यक्रम संचालन भएको सुरक्षित अप्रवासन परियोजना कार्यक्रमको प्रदेश न २ को संयोजक शिवचरन रौनियारले जानकारी दिनु भयो ।

 

कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यदवको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रौनियारले सामी परियोजनाले स्थानीयतहमा वैदेशिक रोजगारीमा जाने अथवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलकमा गएको युवाहरु र महिलाहरुलाई न्यायमा पहुच , सुचना पहुच , मनोसमाजिक बिमर्श , सिपयुक्त तालिम , बितिय साक्षरता समबन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको सामी नेपाल सुरक्षित अप्रवासन परियोजनाको बारा संयोजक सरोज कुमार सिहले जानकारी दिनु भयो ।

सामी नेपालले सुरक्षित अप्रवासन परियोजना अन्तर्गत बारा , पर्सा र रौतहट बाट वैदेशिक रोजगारीमा गएको र त्यही मृत्यु भएपछि उनिहरुको शव फिर्ता मगाईएको सिहले बताए । त्यसैगरी वैदेशिक रोजगारी सिलसिलाको क्रममा ठगीमा परेको निजगढ निवासी पिडित बिनिता रायमाझीलाई प्रदेशी ओभरसिज मैनपावर बाट रकम फिर्ता गराईएको जानकारी गराईएको थियो । त्यसैगरी सिमरौनगढ नगरपालिका ९ कचोर्वा निवाशी मन्जुर क्गान पठानको शव कतार बाट फिर्ता मगाईएको थियो । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा।मृत्यु भएको सुवर्ण गापा ४ हर्दिया निवासि तुफान रायको शव फिर्ता मगाईएको र पिडितकोन्हकमा श्रम स्वीकृत लिएको रायलाई क्षतिपूर्ति बापत २१ लाख बिमा कम्पनी बाट दिन लगाईएको कार्यक्रममा जानकारी गराइएको थियो ।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत प्रहलाद बर्णवाल र संचारक्रमिहरुको सहभागिता रहेको थियो ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.