Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

सिम्रौनगढ महोत्सव २०७८ मनाईयो

प्रशौनी छठ ०२२
0 272
cin bigyapan
फेटा छठ ०२२

सबिर आलम, सिम्रौनगढ, बारा।
बाराको सिम्रौनगढमा चैत्रको रामनवमीको शुभ अवसरमा सिम्रौनगढ महोत्सव गरिएको थियोे। सिम्रौनगढ भनेको एक परापुर्व कालको पौराणिक ठाउँ रहेकोे मध्ये एक हो। सिम्रौनगढको इतिहास १०९७ भन्दा पुर्व रहेको कुरा स्वागत मन्तव्य राख्ने क्रममा डिके सिंहले दावी गरेका थिए। सिंहका अनुसार हाम्रो सिम्रौनगढको इतिहास द्वापर युग तथा ब्राह्मण युगको सताबदी बाट रहेको छ, जसको खोजी कार्य भैइरहेको छ। तर दुर्भाग्यवश केही हालका जल्दा बल्दा आफुलाइ नेता भनाउनेहरु जुन जननिर्वाचित भएका छन् वहाहरु नै आफ्नो अस्थित्व स्वाविकार गरिरहेका छैनन् । आफ्ना सिम्रौनगढका इतिहास आफै मेटाउन लाई कम्मर कसेर राजनीतिको चलखेलमा कुनै कसर बाकी नराखी हालको अवस्थामा पुरातात्त्विक सम्पदा लाई बिकासको नाममा नस्ट गर्नमा व्यस्त रहेको चिन्ता व्यक्त गरेका थिए। सिंहका अनुसार मास्टर प्लानको अधारमा कार्य नगरे हाम्रो सिम्रौनगढको इतिहास लाई युनेस्को सम्म पुर्याउन नसक्ने भएकोले यस्ता कार्यमा राजनीतिकरण नगरी सजग र सबल तरिकाले अगाडी बढ्न लाई आग्रह समेत गरेका थिए।

पचरौता छठ ०२२

सोही क्रममा उक्त नगरका वाडा न. ४ का वडा अध्यक्ष राजेश प्रशाद यादवले पनि सिंहको भनाइ लाई जोड दिदै केही जननिर्वाचितहरुले नै यस्ता नराम्रो राजनीतिक खेलमा लागि आफ्नो अस्तित्वलाई गुमाई रहेको र जसले यो इतिहास लाई दबाउन खोजे यस भुमिमा कुल देवी तलुजा भवानीले सबैको सर्वनास गर्ने, हाय निकालेका थिए।
यस्तै प्रमुख अथिति उपमेयर रिमा देवी कुशवाहाले सिम्रौनगढको विकासको गतिलाई अगाडि बढन नदिनमा नगरपालिका प्रमुखको कमजोरी रहेको कुरा अवगत गराउनु भएको थियो।

cin bigyapan

बाराको सिम्रौनगढमा पौराणिक कालदेखि लाग्दै आएको चैत्रनवमी मेला यस वर्ष कोभिड १९ को संक्रमणका कारण बुधवार एक दिनमा कार्यक्रममा समपन्न भएको जनाइएको छ, तर मेलामा उल्लेख्य जनसहभागिता रहेको देखिएको छ। सोही अवसरमा तीन दिन सम्म लगाउने त्यारी गरिएको सिम्रौनगढ महोत्सव २०७८ पनि एक दिनमा समपन्न गराईएको आयोजक संस्थाका अध्यक्ष मुन्ना कुशवाहाले जानकारी गराए।

प्रदेश २ सरकारका उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा र जनचेतना समाज नेपाल बाराको आयोजनामा सिम्रौनगढको श्री कंकाली माध्यमिक विधालयको प्रङ्गानमा बुधवार सिम्रौनगढ महोत्सव २०७८ पुरा भएको छ । आयोजक संस्थाका अध्यक्ष मुन्ना कुशवाहाको अध्यक्षता तथा सिम्रौनगढ नगर उप प्रमुख रिमा कुशवाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ।
महोत्सव कार्यक्रममा बिकास प्रेमी हरेन्द्र कुशवाहा, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, वरिष्ट पत्रकार रामेश्वर मेहता लगायतकाले सिम्रौनगढ लाई पर्यटकिय रुपले विकास गराउन महोत्सवको ठुलो भुमिका हुने भएकाले आउने दिनमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार तथा उधोग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगाएतकाहरु संग को समन्वयमा महोत्सव लगाएर ब्यापक रुपमा प्रचार प्रसार गराउन सुझाएका थिए।

उक्त कार्यक्रममा सिम्रौनगढका स्थानिय तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको व्यवस्थापक रन्जित कुश्वाहाले थिए भने सिम्रौनगढ नगर सदस्य प्रमानन्द मुखियाले सञ्चान गरेका थिए।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer