विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

वीरगञ्जमा पछिल्लो २४ घण्टामा तीन महिला र एक पुरुषको मृत्यु

296

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

बीरगंज, पर्सा ।

Thank you for reading this post, don't forget to subscribe!

कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा तीन महिला र एक पुरुषको मृत्यु भएको छ । योसहित पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार वीरगञ्ज महानगरपालिका ६, आदर्शनगरका ६० वर्षीय एक पुरुषको मृत्यू भएको छ । वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा उपचाररत थिए ।

devatal gapa

यस्तै वीरगञ्ज महानगरपालिका २५, सिरसियाकी ६५ वर्षीया महिलाको पनि नारायणी अस्पतालमा मृत्यु भएको छ । वैैशाख १३ मा उनी कोरोना संक्रमित भएकी थिइन् । यस्तै वीरगञ्ज महानगरपालिका ८, पानीटंकीकी ३८ वर्षीया महिलाको आज दिउँसो कोरोनाकै कारण मृत्यु भएको छ । उनी पनि वैैशाख १३ गते नै कोरोना संक्रमित भएकी थिइन् ।

यस्तै वैशाख १३ मा कोरोना पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएकी बहुदरमाई नगरपालिका ७ की ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.