Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

पोखरियामा निशुल्क पाउने औषधी पाएनन् बिरामीले, अस्पताल अस्तव्यस्त

प्रशौनी छठ ०२२
0 414
cin bigyapan
फेटा छठ ०२२

पोखरिया, १७ बैशाख 

पचरौता छठ ०२२

पर्साको पोखरिया अस्पताल पुगेका बिरामीहरु ओपिडी पाउने निशुल्क औषधी नपाउँदा थप पिडामा परेका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ३ महिनादेखि बिरामीहरुले ओपिडी पाउने निशुल्क औषधी नपाएर खाली हात घर फर्कन बाध्य भएका छन् ।

सो नगरपालिकाको वडा नं. ५ बस्ते अमृता कुमारी ज्वरो आएपछि चेकजाँचका लागि बिहीबार अस्पताल गएकी थिइन् । घण्टौं कुरेपछि बल्लतल्ल २५ रुपैंया तिरेर ओपिडीमा पुग्दा चिकित्सकहरु थिएनन् । चेकजाँच गराउन पुगेकी उनले न त चेकजाँच गराउन पाइन्, न औषधी नै । जबकि प्रदेश सरकार मातहत रहेको सो अस्पताललाई ओपिडी सेवा बन्द गरे पनि फिभर क्लिनिक ओपिडी दरमा बिहान १० बजेदेखि १ बजेसम्म सन्चालन गर्न निर्देशन छ । तर प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै चिकित्सकहरु भने अस्पतालको ड्युटी छोडेर आफ्नो निजी क्लिनिकमा पुग्ने गरेका छन् । बाहिर निजी क्लिनिकमा चेक गराउन बाध्य बनाएर निशुल्क पाउने औषधी समेत बाहिरका औषधी पसलबाट किन्न पोखरियाका बिरामी बाध्य छन् । अमृताले भोगेको पिडा त, एउटा नमुना घटना मात्र हो । पोखरिया अस्पताल पुग्ने जो कोही पनि यस्तै पिडा भोग्न बाध्य छन् ।

 

cin bigyapan

पोखरिया नगरपालिका अन्र्तगत पर्ने सो पोखरिया अस्पताल अस्तव्यस्त छ । अस्पतालको रिसेप्सनमा विकास समितिबाट एक जना कर्मचारी सुबोध कुमार चौरसियालाई नियुक्त दिइएको भए पनि उनलाई अस्पतालले फार्मेसीमा खटाएको छ । जसका कारण अस्पतालबाट सही सूचनाको अभावमा बिरामीहरु दिनभरि भौतारिन बाध्य छन् ।

अस्पतालको फार्मेसीमा निलम चौहान, शुभनारायण रौनियार, शिवेन्द्र चौधरी र सुबोध चौरसियालाई भत्ता पकाउने उद्देश्यले अस्पतालले औषधी नै नपाउने फार्मेसीमा खटाएको बिरामीहरुको गुनासो छ । यस विषयमा पोखरिया अस्पतालकी सहायक प्रमुख लक्ष्मी चौहानसित बुझ्दा चार जनालाई आपसी समन्वयमा प्रत्येक दिन एक जनाले मात्र ड्युटी गर्न भनिएको बताइन् । औषधीको विषयमा बुझ्दा अस्पतालको फार्मेसीबाट निशुल्क वितरण गरिने ७० प्रकारको औषधीमध्ये विगत ३ महिनादेखि १५ प्रकारको औषधी मात्र अस्पतालको फार्मेसीमा रहेको उनले बताइन् । जबकि प्रदेश सरकारले पोखरिया अस्पतालमा औषधी खरिद गर्नको लागि ५० लाख रुपैंया पोखरिया नगरपालिकालाई दिएको छ ।

अस्पतालको पनि चाहिने औषधीको माग फारामा भरेर नगरपालिकामा पठाईसकेको छ । तर कमिसनको चक्करमा औषधी खरिदका लागि हालसम्म टेण्डर हुन नसकेको अस्पताल श्रोतले बतायो ।
कोरोनाको दोस्रो लहर चलेका बेला पोखरियाका जनता भने सामान्य ज्वरोको औषधी पाउन सकिरहेका छैनन् । कमिसनको चलखेलका यस्तो अस्तव्यस्तता पोखरियामा छ । कोरोनाको चपेटामा पोखरियाका बासिन्दा परे भने उनीहरुको के हुने हो, नगरबासी चिन्तित छन् ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer