Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

सेवानै धर्म हो भन्ने समाजमा फ़िजाऊदै मानव सेवा आश्रमको सुमा

प्रशौनी छठ ०२२
0 290
cin bigyapan
फेटा छठ ०२२

सुनिल कुमार श्रेष्ठ, बीरगंज, पर्सा।

पचरौता छठ ०२२

कोहि सानो उमेर बाट सामाजिक सेवामा लगनशील हुन्छन भने युवा तथा अध्वैस भएको बेला बाट समाजको सेवा बारे भावना जागृत हुन्छ। हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा समाज लाइ सेवा गर्ने थोरै हुन्छ्न । तितो सत्य पनि हो कि एउटा मानव भएर मानव लाई सेवा गर्ने भावना थोरैमा हुन्छ। उदाहरण हेर्ने हो भने अरु कुनै ठाउँ जानू पर्दैन हामी आफ्नै देश लाई लिए पुगि हाल्छ ।

cin bigyapan

जहाँ मानव सेवाको सट्टामा मानव लाई मारेर आफ्नो जीवनको रोटि सेक्ने काम गरिरहेका छन। यतिमात्र नभैइ सत्ता र भत्ताको लोभमा गरिब असहाय लाई मारेर राजनीति गरिरहेका छन । र आआफ्नो नातागोताको भुडी भर्न समेत कुनै कसर बाकी राखेका छैन्न।

हामीले सामाजिक अभियन्ताहरु बारे निकै सामाजिक सन्जाल तथा अरु थुप्रै संघ संस्थाहरुमा देख्दै आइरहेका छौ। मानव सेवा आश्रमका एक दु:खी पीडितहरुको लागि स्थापना भएको संस्था त्यस्मा कस्ता कस्ता उमेर का मानिसहरु मिलेर चलाइरहेका छन त ? कस्ता मानिसहरु को सेवा गरेर बसि रहेका छन त्यही विषयमा अलिकती सारै देख्दा नि राम्री र यहि मानव सेवा आश्रमको सुमा मानवसेवा सङ उहाँको अनुभव हरुलाई सङालेर सुनिल कुमार श्रेष्ठ ले गर्नु भएको कुरा कानी:

१. हजुरलाई स्वागत छ ?

धन्यवाद

२. के मा ब्यस्त हुनु हुन्छ आज भोलि .. ?

म अहिले २४ सै घण्टा मानवसेवा आश्रमको सेवा मा छु ।

३. आफुले आफुलाइ कसरी चिनाउनु हुन्छ ?

म मानवसेवा आश्रम(मानवता प्रवर्द्धन महाअभियान) को समर्पित अभियन्ता हु,सामाजिक वास्तुकार हु ।

४. कति समय भयो मानव सेवा आश्रम मा लाग्नु भएको. ?

बर्ष को दौरान मा छु ।

५. हजुर बाट के सिक्ने नयाँ पुस्ताले ?

मानवीयता

६. आश्रममै काम गरेर जीवन चल्छ ?

एकदम चल्छ, मेरो बिचारमा जीवनको सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टि हो, र म यो सेवा गरेर एकदमै सन्तुष्ट छु !!

७. मानव सेवा आश्रम मा लागि रहदा सबै बाट कति को माया पाउनु भएको छ ?

मलाई धेरै ले सोध्नु हुन्छ तपाइको घर कहाँ हो भनेर अनि मैले भन्ने गर्छु, मेरो पहिलो घर जहाँ म जन्मे धादिंग मलेखु र तर मेरो दोश्रो घर चै मानवसेवा आश्रम हो, जहाँ मलाई परिवार जत्तिकै सबैले माया र प्रेम गर्नु हुन्छ !!

८. नेपालमा कस्ता मान्छे ले बेबारिसे जीवन बिताउनु परेको छ होला?

के कारण ले गर्दा होला, बिशेष गरि नेपालमा धेरै प्रकारका मानिस हरुले जीवन बिताउनु परेको छ, जस्तै धेरै जना मागेर समेत खान सक्नु हुन्न र पुष माघको जाडो र बैशाख जेष्ठ गर्मिमा पनि खुल्ला आकाश लाइ छानो र धर्ति लाइ बिस्तारा बनाएर बसेका छन् , र कारण भन्नु पर्दा धेरै कारण हरु छन् त्यस मध्य मानसिक समस्या भएर, गरिबी, असल शिक्षाको कमि आदि थुप्रै कारण छन् ।

९. यो उमेरमा धेरै पढेर पैसा कमाउछु भन्ने मन मा आउदैन ?

मान्छे लाइ जति पैसा भएनि पुग्दैन र पैसा नै सबै कुरा होईन जस्तो लाग्छ, आहिले को समयमा पैसा जीवनमा चाहिदैन भन्न खोजेको होइन तर मेरो बिचारमा मनको शान्ति र आत्म्सन्तुटी नै सबै भन्दा ठुलो कुरा हो जस्तो लाग्छ ।

१०. मानव सेवा आश्रम बाट कति तलब लिनु हुन्छ ?

मलाई मेरो गुरु ले सधै सम्झाउनु हुन्छ, नि:स्वार्थ पुर्वक गरिने मानवसेवा नै माधवसेवा हो, म बिगत चार बर्ष देखि निशुल्क रुपमा सेवा गर्दैछु र मलाई यसमै आनन्द लाग्छ ।

११. हजुर हरु जस्तो समाज सेवा गर्ने युवा युवती लाई नेपाल सरकार ले के गर्दियोस जस्तो लाग्छ ?

अपेक्षाले आनन्दलाइ कम गराउछ,आस्चर्यले आनन्दलाइ बढाउछ त्यसैले हामीलाई कसै संग अपेक्षा छैन, एति मात्र हो बेवारिसे भयेर कोहि पनि सडक मा बस्न नपरोस ।

१२. आमा बुबा लाई कसरी सन्तुष्टि बनाइराख्नु भएको छ ?

चार बर्ष अघी सुरुवातको समय मा आमाबुवालाई सम्झाउन अली गारो भयो तर पछि आश्रम मानै आएर हेर्नु भयो सचैमा छोरीले आखिर गर्दै के छ त भनेर, सेवा नजिक बाट हेरी सके पछि अहिले आमाबुवा एक्दमै खुशी हुनुहुन्छ र आफ्नो छोरीले गरेको सेवा देखेर आमा बुवालाई गर्व को महसुस छ !!

१३. आश्रम मा लागि रहदा मैले मेरो जीवन मा येति सम्म गर्नु पर्छ भन्ने लाग्दैन ?

जीवनमा बढी ठुलोकाम केहि गर्नु छैन किनकि हाम्रो लागि दाउरा तयार छ, कात्रो बेच्ने पसले तयार छ, घाट तयार छ, शब वाहन तयार छ, मलामी जना मान्छे तयार छन् , सबै तयार छ, श्वास मात्र जान बाँकी हो, श्वास जानु अघि नै जीवन सार्थक बनाउनुपर्छ। जीवनमा ठुलो केहि पनि गर्ने चाहना छैन, मेरो कारणले कोहि को आँखा मा आसु नआवोस त्यति हो ।

१४. अन्त्या मा के भन्नू हुन्छ ?

सबैको मंगल होस् , सबैको कल्याण होस् ,कोहि पनि एक छाक खान नपाएर भोकै र नाङ्गै कोहि पनि सडकमा रहन नपरोस् । तथा मेरो सानो अनुभवलाई हजुर तथा हजुरको मिडियाबाट राख्ने मौका दिनु दिनु भयो त्यो नै मेरो लागि जीवन मा ठुलो कुरा गर्न सके छु भन्ने लागेको छ त्यस्को लागि हजुरहरु को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेका थिए ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer